3.3k
Shares
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयाेजना गरेकाे छ ।
३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा राप्रपाले आज काठमाण्डाैमा आयाेजना गरेकाे कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरू पनि सहभागी भएका छन् ।
राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै हरेक वर्ष पुस २७ गते उहाँको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ ।
पृथ्वी जयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् ।