चमतीमा रास्वपाको केन्द्रीय सचिवालय बैठक

6.7k Shares

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय चमतीमा बसेको बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार र पार्टी समायोजन उपसमिति विस्तारलगायत विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

सचिवालय बैठकमा तीन पदाधिकारी अनुपस्थित छन्। बैठकमा कोषाध्यक्ष लिमा, सोभिता गौतम र बसु माया तामाङको उपस्थिति छैन । 

सम्बन्धित समाचार