जेलबाट छुटेयता रविको उपस्थितमा रास्वपाको पहिलो केन्द्रीय कमिटी बैठक

5k Shares

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बनस्थलीमा सुरू भएको छ।

केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको यो बैठक सभापति रवि लामिछाने जेलबाट छुटेयताको पहिलो हो ।

यसअघि बनस्थलीमै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको थियो ।

केन्द्रीय कमिटी बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ।

यो बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि पहिलो हो। बैठकमा कुलमान घिसिङ र बालेन्द्र साह भने सहभागी छैनन् ।

सम्बन्धित समाचार