बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै

3.8k Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाबाट समानुपातिक सूचीमा ज्वाला संग्रौला भनेर चिनिने टिका संग्रौलालाई समावेश गरेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाटै बालेन्द्र साह ‘बालेन’ले निर्वाचन लड्ने चर्चा छ ।

उक्त जिल्लाबाट समानुपातिकको बन्द सूचीमा रास्वपाले एक जना ज्वालाको नाम मात्रै समावेश गरेको छ ।

झापामा ब्राम्हण, क्षेत्री, लिम्बु, राई, राजवंशी लगायतको ठूलो बसोबास रहेको छ । यहाँ झण्डै १० लाख जनसंख्या छ । झापामा रास्वपाले समानुपातिकमा कमजोर उपस्थिति रहेको देखाएको छ ।

सम्बन्धित समाचार