विशेष अदालतको फैसलाप्रति पूर्ण सम्मान,कानुन,नीति, बिधि,सत्य र न्यायको पक्षमा फैसला हुने कुरामा दृढ़ बिश्वास ...

19.2k Shares

ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दासम्बन्धी विषयमा फैलाइँदै आएका भ्रमपूर्ण सूचना र समाचारको पछि नलाग्न नगरवासीलाई आग्रह गर्नुभएको छ।

अख्तियारले दर्ता गरेको उक्त मुद्दामा २०८१ साल श्रावण ३० गते विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाइसकेको र त्यसपछि नगरपालिकामा नियमित रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै आएको कुरा सर्वसाधारणमा अवगत नै रहेको मेयर–उपमेयरको भनाइ छ। उक्त मुद्दामा राजस्वको दररेट बढी उठाउनुपर्ने ठाउँमा कम उठाइएको भन्ने आरोप लगाइए पनि, वास्तविक रूपमा परिमाणबाहेक केवल निकासी कर मात्र सम्बन्धित रहेको स्पष्ट पारिएको छ।

नगरपालिकामा उत्खनन कर नलिइएको र निकासी कर भने २०५४ सालदेखि तत्कालीन जिल्ला विकास समितिले लगाउँदै आएको करलाई वार्षिक १० प्रतिशतका दरले वृद्धि गर्दै आएको तथ्य आरोपपत्रको जवाफमै उल्लेख गरिसकिएको जनाइएको छ।

उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुगेको सन्दर्भमा, त्यसको प्रक्रिया कानुनअनुसार नै अगाडि बढ्ने विश्वास व्यक्त गर्दै, दुई पटक जनताले दिएको मत कहिल्यै खेर नजाने र जनताको शिर नझुक्ने गरी आफूहरू न्यायको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाइएको छ।

साथै, विपक्षी विचारधारा बोक्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि निर्वाचनलाई केन्द्रमा राखेर अत्यधिक पूर्वाग्रही नबन्न आग्रह गरिएको छ। जनता र न्यायालयको कठघरामा उभिन सधैँ तयार रहेको र दुवै तहको अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वास रहेको मेयर–उपमेयरले बताएका छन्

सम्बन्धित समाचार