- डी.बी.नेपाली (अर्थहीन)
मानव समाजकाे विकासकाे क्रममा जब उ राष्ट्रियता र जातियता अनि सिमानाकाे घेराबन्दी तथा कुनै एउटा ब्यक्तिकाे विचारमा आफैलाई बन्धक बनाउन गर्भान्वित ठान्ने विचारकाे दास बन्न रुचाउछ त्यति खेर सबै नीति नियम कानुन, नैतिकता, संस्कार, संस्कृति, याेग्यता, सीप, गुण, कर्तव्य र आफुमा भएकाे क्षमतालाई कुनै विचार बैंककाे लाेकरमा ताला ठाेकेर बन्धक बनाई टाँगाकाे घाेडा जस्तै मालिकले कता हिडन् अर्डर गर्छ मालिककाे आज्ञा पालन गरेर उतै हिड्ने वाहेक उ संग अरु कुनै विकल्प बाँकि रहन्न ? कदम कदाचित उसले दाँया वाँया गर्न खाेज्याे भने चाबुककाे मार र गालीकाे भारी थप बाेक्नु पर्ने बाध्यता कुनै पनि व्यवस्थाले समाधान गर्न सक्दैन ? किन कि जसले व्यवस्था चलाउछ उसले न भारी बाेक्नु पर्छ,न भाेकै बस्नु पर्छ, न छानाे नभएकाे घरमा पानी पर्दा पानी छेक्ने कुनु छाेजेर हिंड्नु पर्ने बाध्यता हुन्छ, न मजदूरी गर्न नपाएकाे दिन भाेकै बसेर रात काट्नु पर्ने हुन्छ, न उसले गरेकाे अपराधमा जेल जानु पर्ने या सजाए तिर्नु पर्ने हुन्छ ? समाज विकासकाे क्रममा अहिलेसम्म देखिएका या चलन चल्तीमा रहेका सामाजिक व्यवस्था तथा सत्ताका स्वरुप या नियमहरुमा तानाशाहीतन्त्र, राजतन्त्र, लाेकतन्त्र, गणतन्त्र या अन्तिम व्यवस्था जहाँ जातपात र वर्ग भनेर मनुश्यलाई वर्गिकरण (Classification) गर्ने कुनै शब्द हुँदैन भनेर साम्यवादकाेलागि संघर्षरत दल, नेता, बुद्धिजीवी, विश्लेषक, सामाजिक अभियन्ता, साहित्यकार, कलाकार, पत्रकार, मिडिया सबैले प्रजातन्त्र, लाेकतन्त्र, गणतन्त्र र समाजवादी शासन व्यवस्थाकाे जन्मदेखि भन्दै सुन्दै आएकाे पनि ५/६ शताब्दी त बिती सके हाेलान् तर दास युगमा आफ्नै सामलतुमल बाेकेर फ्रिमा अनलिमिटेड काम गर्ने दासहरुकाे जीवनमा जति सुकै व्यवस्ताका स्वरुपहरु परिवर्तन गरिए पनि काम गर्ने समय ताेकिनु र भरपेट खान नपुग्ने गरी काम गरे बापत ज्याला पाउनु बाहेक अरु खासै उपलब्धि हासिल गरेकाे न अनुभुति गर्न सकिन्छ,न देखिन्छ ? ९५% भन्दा बढी आम नागरिकलाई मजदुरकाे रुपमा,किसानकाे रुपमा, हाकिमहरुकाे गुलामी स्वीकार गरेर सरकारी या गैर सरकारी कार्यालयमा काम गर्ने कर्मचारीका रुपमा ५% ठुलाबडाहरुकाे दासत्वबाट कुन समाज मुक्त भएकाे छ ?
हालसम्म सत्ताका स्वरुपहरु जतिसुकै परिवर्तन भए पनि आजसम्म १०/१२ घण्टा पसिना बगाउने मजदुरहरु मुक्त भएकाे कतै अनुभुतिसम्म गर्न पनिसकेकाे देखिन्न,घाम पानी नभनेर रातदिन खेती किसानी गर्ने किसान मुक्त भएकाे महशुससम्म गरेकाे देखिन्न,हाकिमहरुकाे हेपाह हुकुमबाट अहिलेसम्म संसारमा कर्मचारीहरु मुक्त भएकाे कतै देखिन्न, स्टुडेन्टहरु अनाहक डिग्रीकाे भारबाट मुक्त भएकाे कतै देखिन्न,कार्यकर्ताहरु नेताहरुकाे हैकमबाट मुक्त भएकाे कतै देखिन्न ? जनताहरु सरकारकारकाे कर, न्याय कानुनबाट मुक्त भएकाे कतै देखिन्न ? अनि आन्दाेलन, परिवर्तन, न्याय कानुन र सुशासनका हवा कुरालाई राम्राे, उन्नत, उत्तम भन्दै कहिलेसम्म जाे हुकुम सरकार भन्दै खुशी मनाएर हिंडने ? ४/५% ले ९५% जनतालाई दास बनाउने, हत्यारा बनाउने, चाेर बनाउने, तस्करका भरिया बनाउने, दुइछाक टार्ने जाेह गर्न शान्ति सेना, रसियन सेना, युक्रेनी सेना लगायत पैंसा पाउने आसमा आतंककारी गुटमा मृत्युकाे स्वागत गर्दै छिर्नु पर्ने व्यवस्ता, पैसा कमाइ हुन्छ भनेर नक्कली शरणार्थी बनेर या लाखाैं रकम विचाैलियालाई बुझाएर कन्टेनर भित्र सांस बुझेर बिदेशिनु पर्ने, चेलीबेटीहरु कामकाे नाममा देह ब्यापार गर्न बाध्य पार्ने व्यवस्थालाई नै उत्तम व्यवस्था भनेर मान्ने हाे भने परिवर्तनकाे नाममा जनताकाे हत्या गरेर उस्तै सिस्टम मान्नै पर्ने हाे भने आन्दाेलन के का लागि, कसका लागि ?
यदि परिवर्तनका इतिहासकाे सही बिश्लेषण गर्ने हाे भने गरिबी हटाउछाैं भनेर आम नागरिक, मजदुर, किसान, शिक्षक, बिद्यार्थी, कर्मचारी सबैलाई परिवर्तनकाे आन्दाेलनमा उच्च जीवन स्तर र सुशासनकाे सपना देखाएर ऐतिहासिक जनआन्दाेलन र जनयुद्धले आँखिरमा जनतालाई के दिएकाे छ वरु तिनै जनतालाई झन्झन गरिब बनाउदै चप्पलछाप नेताहरु धनाड्य ब्यापारीहरु भन्दा पनि धनि भएका छन् । हिजाे जंगलमा रुख मुनि भुँइलाई ओछ्यान र घासकाे सिरानी हालेर सुत्ने नेताहरु दरबार जस्ता घरमा बस्छन् या धेरैले दरबार जस्तै घर बनाएका छन्,कराैडाैंका लुगा, लाखाैं पर्ने पलङ्ग,कराेड पर्ने घडी, कराेड पर्ने रक्सी प्रयाेग गर्छन अंझ त्यसबाट पनि सतुष्ट हुन नसकेर आराम गर्ने बहानामा रिसाेर्टहरुमा माैज मस्ति गर्न लाज मान्दैनन् , बिदेश भ्रमणमा जानु पर्दा नेपालकाे एअरपाेर्टमा छिर्दा लगाएकाे पहिरन बिदेशी एअरपाेर्टमा झर्दा चेन्ज गर्न पनि भ्याइ सक्छन् भन्नु पर्दा आधुनिक बैज्ञानिक साम्यवादी सर्वहारा नेता भनेर बखान गर्छन् ,पार्टीका प्रायःजसाे बैठकमा सर्वहारा करणकाे कुरा नउठेकाे कुनै दिन हुँदैन हाेला आँखिर परिवर्तन यसैलाई मान्ने हाे भने किन जनता मार्ने किन सानासाना स्कुल पढन गएका स्टुडेन्ट मार्ने ?
कहिलेसम्म यसरी व्यवस्था र अवस्था फेर्ने नाैटंकी गरेर राजा ठिक छैन भनेर राणा शासन ल्याउने,राणा शासन ठिक छैन भनेर प्रजातन्त्र भनेर व्यवस्था फेरेकाे भ्रम छर्ने प्रजातन्त्र ठिक छैन भनेर निर्दलिय पञ्चायति शासन लाध्ने निर्दलिय पञ्चायति व्यवस्था ठिक छैन भनेर जनमत संग्रह गराउने अनि त्याे पनि ठिक छैन भनेर कसैसंग हारगुहार गरेर संबैधानिक बहुदलिय व्यवस्था लाध्ने अनि त्याे पनि ठिक छैन भनेर कथित जनयुद्ध लाधेर हजाराैं जनताकाे वलि चढाउने जनता लुट्ने ,फेरि राजाले हैकम चलाउने अनि फेरी आन्दाेलन भन्दै राजाबाट सत्ता खाेसेर परिवर्तनकाे नाममा आठ बर्ष देशलाई अन्याैलमा राखेर देशलाई धर्म निरपेक्ष बनाएर लुट, कमिशन, नातागाेता, हत्या, बलात्कार र तस्करीकाे अखाडा बनाउने ,राष्ट्रकाे ढुकुटी हजाराैं राजा, गाँउ गाँउमा राजाहरु जन्माएर लुटन सके लुट कान्छा शासन चलाउने अनि त्यसैलाई परिवर्तन भनेर कसरी मान्ने ? अहिलेसम्म भएका परिवर्तनले खासैमा देश र जनतालाई समृद्ध,सुखी र सुशासित तथा उचित न्याय कानुनकाे प्रत्याभूति या अनुभुति दिलाउन सकेकाे कतै देखिन्न ? बैज्ञानिक समाजवादी व्यवस्थाकाे कुरा फलाक्ने अनि पुरानाे व्यवस्था कुनै अर्थमा पन ठिक थिएन भनेर भन्ने अनि सुशासन र सुव्यवस्थाकाे उदाहरण दिनु पर्दा राम राज्यकाे कुरा गर्ने ?
नेपालमा भने आफै राज्य बिदेशी दलालहरुकाे हातमा सुम्पेर चुपलागेर बसेकाे राजा कतै तिर्थहरु घुम्म जाँदा, निर्मल निवासबाट बाहिर घुम्न जाँदा पनि छेरपट्टी लाग्ने कस्ता क्रान्तिकारी प्रजातान्त्रिक गणतन्त्रवादी हाेलान ? दुइवटा मात्रै दल भएकाे देशमा बाहेक अरु धेरै दल भएका देशहरुमा पछिल्लाे समय कुनै पनि दलले बहुमत ल्याउन सकेकाे देखिन्न , भिन्न भिन्न विचार ,सिद्धान्त र कार्यशैली नै फरक भएका दलहरुकाे बिचार र सिद्धान्त हिन गठबन्धनकाे सरकार बनाउन बाध्यकारी चुनावी सिस्टम पूर्णरुपमा असफल भै सकेकाे जगजाहिर हुँदा पनि फेरि घुम्दै फिर्दै रुम्जाटारले व्यवस्ता फेरिएकाे भन्ने कुरा भन्न त मिल्ला तर अवस्ता त अंगुर खट्टे भने जस्तै छ ?
७० काटि सकेका बुढाहरुले देश चलाउन सक्दैन अब युवाहरुले चलाउनु पर्छ भन्ने जनता उल्लु बनाउने नयाँ चाराे विकासशिल राष्ट्रहरुका जनता माझ छरेर विकसित देशहरुकाे हथियार र बारुदका कम्पनि चलाउने षडयनत्रकाे शिकार जुन देशका जनता बन्ने छन् त्याे देशमा कहिलै पनि राजनैतिक स्थिरता आउन सक्ने सम्भावना नै रहन्न । खाेई त अमेरिका, रुस, चिन, बेलायत लगायत युराेपका कुन देशमा ६० / ७० बर्ष ननाघेका नेताहरु सत्तामा आएका छन् र ? पुटिनकाे शासन कति बर्ष भयाे, ट्रम्प, बाइडेन युवा हुन र, माेदी त शायद २० बर्षकाे मात्रै भए हाेलान ? सि जिनपिङ् १५ बर्षका हुन कि ? खाेइ त ति देहहरुकाे सत्तामा बुढा भएर विकास नभएकाे भन्ने ठाँउ कतै छ ? राजनीति, सत्ता र विचारलाई कुनै उमेरकाे हदवन्दीले प्रभावित गर्छ भन्ने कुरा नै वाहियात छ ? विचार, सिद्धान्त र राजनीति चाहे जुन सुकै हाेस त्यसलाई कुनै पनि सिस्टमले सत्ताकाे जिम्मेवारी दिएकाे ब्यक्तिकाे कार्यशैलीले प्रभावित पार्ने हाे न कि उमेर ,विचार र राजनीतिक सिद्धान्तले ? सत्तामा जाने ब्यक्ति कुनै निश्चित विचार र सिद्धान्तकाे दास भएर, आफ्नु हैकम जनता माथि जबरन लाध्न खाेज्छ भने त्याे घमन्डी, अहंकारी तानाशाह नै बन्ने गरेकाे अहिलेसम्मका राजनैतिक सत्ताका स्वरुपहरुले छर्लङ्ग पारेकाेछ ?
सत्तामा चाहे जाे सुकै आवस उ जनता, जमिन र जमिरसंग तथा आफ्नु भाषा, संस्कृति एवं धर्म संस्कारसंग नाता ताेडेर अरुकाे राजनीतिक विचार,अरुकाे धर्म, अरुकाे संस्कार, अरुकाे भाषा,अरुकाे रहन सहन, अरुकाे खान पिन,अरुकाे शिक्षा,हरेक कुरामा अरुकाे नक्कल र अरुकै देश राम्राे लाग्ने । बिदेशमा काम गर्न र बिदेशी नागरिकता पाउनु भाग्यमानी ठान्ने विचारबाट नेता र जनता मुक्त नभएसम्म सत्ता जुनसुकै आए पनि केही फरक पर्नेवाला छैन । छतमा चढनकाे लागि सिढी जुनसुकै काठकाे अनि जति राम्राे बनाए पनि सिढीकाे एउटा टुप्पा भुँइ र अर्काे टुप्पाले छतकाे छेउ टेकेन भने सिढी चढन सकिन्न त्यस्तै राजनीतिमा सिद्धान्त र विचार जुनसुकै भए पनि जनता र राष्ट्रसंग जाेडिन सकेन भने त्याे देशकाे विकार,उन्नति,समृद्धि र सुशासनकाे कल्पना पनि गर्न सकिन्न भन्ने उदाहरण हाम्रा अगाडि छर्लङ्ग छन् । आँखिर २००७ साल, २०१७ साल, २०३२साल, २०३६ साल, २०४६साल, २०६४ साल, २०७२ साल अनि २०८२सालका सत्ता परिवर्नका आन्दनेनकाे नतिजा त उही रुम्जाटार नै छ ? जुनसुकै राजनैतिक विचार र सिद्धान्त अंगिकार गरे पनि आफ्नु संस्कार र संस्कृतिलाई जाेगाउन नसके त्याे देश पनि जाेगिनसक्ने, सुरक्षित र शान्त रहने सम्भावना कतै रहन्न । देश जाेगाउने पहिलाे खुडकिला धर्म संस्कार, भाषा र संस्कति नै हाे । हाेइन भने जापात धर्म संस्कार हुन्न भन्ने अनि जातिय पहिचानकाे लडाइ लड्ने कुरा मान्छे खाेलामा बगाएर मुहानतिर खाेज्न हिडे जस्तै हाे ?