म नेपाली जनता,म मुर्ख !

10.4k Shares

- डी.बी.नेपाली

नैतिकताकाे हत्या गरि सकेकाे समाजमा 
नैतिकता  खाेज्दै  हिंडने म मुर्ख
चन्द सिक्कामा बिक्ने कानुनी व्यवस्थामा
न्याय र कानुन खाेज्दै  हिंडेकाे म मुर्ख

घुस नलिएर काम नगर्ने कर्मचारीतन्त्रमा
घुस नदिएर  काम हुन्छ भनी साेच्ने म मुर्ख
पहुँचवाला बलात्कारी बचाउने व्यवस्थामा
बलात्कारीलाई सजाएकाे माग गर्ने  म मुर्ख

तस्करहरुले देशकाे सत्ता चलाएकाे वेला
तस्करी इलिगल हाे अपराध हाे भन्ने म मुर्ख
जातीय द्वन्दमा फंसाएर  लडाउने समाजमा
जातीय समानताकाे कुरा गरी हिंडने म मुर्ख

बिदेशीयका युवाले पठाएकाे रेमिटेन्स खाएर बाँच्नेलाई युवा पलायन गराए भन्ने म मुर्ख
एक छाक मासु भात र पेट्राेलकाे कुपन
पाउनेलाई चम्चा भनेर गाली गर्ने म मुर्ख

वेराेजगार युवालाई नक्कली शरणार्थी बनाइ
पैशा कमाउन पठाएकाे रिस मान्ने म मुर्ख
जन्म थलाे माने पनि छाेडेर कर्म थलाे र बिदेशी
नागरिता पाउदा गर्व गर्ने म मुर्ख

स्वदेश बस्न र काम गर्न मन नपराउने तर बिदेशी
शहरहरुमा  याे मन त नेपाली भन्ने म मुर्ख
नेता जति अस्वस्थ भइ थला परे पनि
तिनैले क्रान्ति गर्छन्, देश बनाउछ भन्ने म मुर्ख

सत्ताकाे लगाम एउटा कान चिराबाट अर्काे कान चिरामा गएकाे परिवर्तन मान्ने म मुर्ख
हाम्राे देशकाे राम्राे व्यवस्थाका सबै दलका नेताहरु ह्यान्स क्रिटियनकाे कथाकाे राजा मान्ने म मुर्ख

भाँडतन्त्र, गाँडतन्त्रलाई अंझै पनि उत्तम शासन प्रणाली भनेर फेरी मत तिनैलाई हाल्ने म मुर्ख
देशलाई टुक्राटुक्रा पारेर हजाराैं लुटेरा पाल्ने
भ्रष्टतन्त्रलाई संघीय गणतन्त्र मान्ने म मुर्ख

हजाराैं जनताकाे हत्याराहरु र राष्ट्र जलाउनेलाई
परिवर्तनका वाहक मान्ने म मुर्ख
विद्वान्,बुद्धिजीवी,याेग्य र राष्ट्र प्रेमीलाई
मत नदिएर गुण्डा र हत्यारालाई मत हाल्ने म मुर्ख

जनताद्वारा, जनताकाे लागि जनताकाे सत्ता भनेर
गणतन्त्रलाई जनगणतन्त्र मान्ने म मुर्ख
मालेमाकाे वर्गहिन समाजकाे विचार बेचेर
जातीय द्वन्दमा फसाउनेलाई नेता मान्ने म मुर्ख

सर्वहाराकाे मुखाैटा लगाएका ब्वाँसाहरुलाई
नेता मानी तिनैकाे हनुमान भक्त हुने म मुर्ख
भ्रष्टाचारी र बुढापाका हटाउने भन्दै देश जलाएर सत्तामा उस्तै बुढाहरु बसाल्ने म मुर्ख
संसारमा जुन कुरामा पनि एक्सपेरिमेन्टकाे रुपमा
प्रयाेग गरिदै आएकाे म नेपाली जनता म मुर्ख ।

सम्बन्धित समाचार