17.4k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १४०, भक्तपुरमा १६ र ललितपुरमा २८ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार १३० पुगेको छ ।
आज देशभर ४ हजार ७५३ जना होम आइसोलेसनमा र २५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ८९ जना आईसीयू तथा २१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।