एमाले महाधिवेशन: उम्मेदवारहरू मोबाइलमै मतपरिणाम हेर्दै

5.8k Shares

काठमाडौँ- नेकपा (एमाले)को ११ औँ महाधिवेशनअन्तर्गत मतदान कार्य आज बिहान सम्पन्न भए छ। मतदान सकिए लगत्तै मतगणनाका सुरु भएको छ। उम्मेदवारहरू भने यतिबेला मोबाइलमार्फत प्रारम्भिक मतपरिणाम हेर्दैछन्।

हिजो बिहान करिब साढे सात बजेबाट सुरु भएको मतदान आज बिहान सकिएसँगै एमाले केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। आयोगका अनुसार हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३ सय ३३ मत प्राप्त गरेका छन् भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले १ सय १० मत पाएका छन्।

मतगणना जारी रहँदा महाधिवेशन स्थलमा उम्मेदवार तथा प्रतिनिधिहरूको चासो मोबाइल स्क्रिनमै केन्द्रित देखिन्छ।

सम्बन्धित समाचार