एमाले महाधिवेशनमा नौमती बाजा

7.2k Shares

काठमाडौं– नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमा महिला समूहको टोलीले नौमती बाजा प्रस्तुत गरेका छन् ।

महाधिवेशनको चहलपहलबीच समूहका सदस्यहरूले परम्परागत नौमती बाजासँगै थाल र पञ्चेबाजा बजाउँदै नाराबाजीसमेत गरेका छन्।

महाधिवेशनस्थल वरपर उनीहरूको प्रस्तुतिले माहोल थप उत्साहित बनेको छ। परम्परागत सांस्कृतिक बाजासँगै नाराबाजी गरिएको दृश्यले सहभागी प्रतिनिधि र आगन्तुकको ध्यान तानेको देखिन्छ।

महिला समूहको सक्रिय उपस्थितिलाई महाधिवेशनमा फरक पहिचान र सांस्कृतिक रंग भर्ने प्रयासका रूपमा हेरिएको छ।

उक्त समूहले नेपाली मौलिक संस्कृति र महिलाको सहभागितालाई उजागर गर्ने उद्देश्यले यस्तो प्रस्तुति दिएको बताइएको छ।

सम्बन्धित समाचार