खगेन्द्र प्रसाद र रूद्रकलीलाई कतार पठाइँदै

5.8k Shares

काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका खगेन्द्र प्रसाद र रूद्रकली नामका हात्तीलाई सोमबार एक समारोहका बीच चितवनबाट बिदाइ गरिँदैछ ।

ती हात्तीलाई चितवनबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याई त्यहाँबाट कतार पठाउने तयारी गरिएको छ। ‘आज चितवनमा एक विशेष कार्यक्रम गरी हात्तीहरूको बिदाइ गरिनेछ र भैरहवातर्फ लगिनेछ,’ चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले भने, ‘सम्भवत: बुधबार त्यहाँबाट कतार पठाउँछौँ।’

नेपालले यसअघि अन्य मुलुकलाई गैंडा उपहार दिँदै आएको भए पनि पहिलो पटक हात्ती उपहार दिन लागिएको हो ।

विमानमार्फत कतार पठाइने तयारीमा रहेका हात्तीका लागि आवश्यक खोर तथा अन्य प्राविधिक व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्ज विभागसँगको समन्वयमा सम्पन्न गरेको छ ।

सम्बन्धित समाचार