आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते

6k Shares

कल्याणपुर (सप्तरी) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिमा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् ।

गाउँपालिकाको वडा नम्बर २ स्थित मिथला टोलमा आगो ताप्ने क्रममा स्थानीय २८ वर्षीया अमृता कुमारी मण्डल गम्भीर घाइते हुनुभएको हो ।

सोमबार साँझ आफ्नै गाईगोठमा आगो बाली घुर ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा अमृता गम्भीर घाइते हुनुभएको थियो ।

आगोले उहाँको शरीर ४० प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

गम्भीर घाइते उहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार