हवा कुरा, हवा ऐजेण्डामा विश्वास कति गर्ने ?

6.2k Shares

- डी.बी. नेपाली

ताताे न छाराेकाे
राजा ल्याउने
आन्दाेलन कति गर्ने ?

भ्रष्टाचारकाे एउटा
राैं पनि उखेल्न नसक्ने
हवादारी वकवक कति गर्ने ?

बलात्कारीहरुलाई
कार्वाही गर्न नसक्ने
न्याय कानुनकाे कुरा कति गर्ने ?

तस्करहरुलाई 
छुन पनि नसक्ने
सरकार र भन्सारका कुरा कति गर्ने ?

कमिशनखाेरहरुलाई
लालनपालन गर्ने सिस्टमकाे
हवादारी बिराेध कति गर्ने ?

हत्यारा र गुण्डाहरु
जनप्रतिनिधि हुन पाउने
निर्वाचन आयाेगकाे कुरा कति गर्ने ?

आफ्नै जनतालाई 
नक्कली शरणार्थी बनाइ बेच्ने नेता
मन्त्री बनाउने सुशासनकाे कुरा कति गर्ने ?

सत्ताकाे दुरुपयाेग गरी
अनेक घाेटाला गर्ने नेताहरूलाई
कार्वाही गर्न नसक्ने सिस्टमकाे कति कुरा गर्ने ?

घाेटालै घाेटाला र काण्डै काण्डमा
देशलाई एडस राेगी बनाउने 
नेता र दलकाे कति कुरा गर्ने ?

परिवर्तनकाे "प" पनि नदेखिने
आन्दाेलन र परिवर्तनका 
इतिहासका हवा कुरा कति गर्ने ?

उद्याेग धन्दा र नदिनाला बेचेर
देश विकासका गरेका
हवा कुरामा विश्वास कति गर्ने ?

सम्बन्धित समाचार