बाजागाजासहित शिक्षकको बिदाइ

4.9k Shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दिपक श्रेष्ठलाई बाजागाजासहित बजार परिक्रमा गराएर अभिनन्दन गरेर बिदाइ  गरिएको छ । 

बिहीबार विद्यालयले आयोजना गरेको बिदाई कार्यक्रममा नौमती बाजासहित शिक्षक, अभिभावक र विद्यार्थीले श्रेष्ठलाई गाडीमा राखेर बजार परिक्रमा गराएका थिए । बजार परिक्रमा क्रममा बजारवासीले शिक्षक श्रेष्ठलाई फूलमाला, अविर र खाँदा लगाएर नागरिक अभिनन्दन समेत गरे । 

शिक्षक श्रेष्ठ विद्यालयमा २०६७ देखि २०६९ सम्म प्राचार्य र २०६९ देखि २०८२ मङ्सिर १७ सम्म प्रधानाध्यापक भई विद्यालयको शैक्षिक विकासमा योगदान गरेको भन्दै अभिनन्दनसहित बिदाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । 

बिदाइ कार्यक्रममा बजारवासीको समेत सहभागिता रहेको थियो । विद्यालयले गाडीमा चढाएर बाजागाजासहित बेनी नगरपालिका ८ स्थित संगमचोकमा रहेको श्रेष्ठको घरमा पुर्‍याइएको छ । 

सम्बन्धित समाचार