लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

5.8k Shares

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने भएको छ । 

द प्रमिस्ड ल्यान्ड फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘समृद्ध भविष्यका लागि शान्ति’को नारासहित यही मङ्सिर २५ देखि २७ गतेसम्म लुम्बिनी र रामग्राममा विश्व शान्ति कार्यक्रम आयोजना गरिएको जनाएको हो ।

विश्व शान्ति कार्यक्रममा नेपालसहित संयुक्त राष्ट्र सङ्घका सांस्कृतिक राजदूत, अन्तरराष्ट्रिय व्यापारिक नेता, विद्वान, कलाकार, युवा र सामुदायिक प्रतिनिधिसहित १० हजारभन्दा बढीको सहभागिता रहने द प्रमिस्ड ल्यान्ड फाउन्डेसनका अध्यक्ष निकेश अधिकारीले जानकारी दिए ।

कार्यक्रममा शान्ति, जलवायु, विकास, आन्तरिक कल्याण र सामाजिक न्यायमाथि संवाद, व्यावहारिक शान्ति निर्माण लगायतका विषयमा छलफल हुने उनले बताए ।

लुम्बिनी र रामग्राममा अधिकतम पर्यटक भित्राउने र लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

सम्बन्धित समाचार