मेयर बालेन साहलाई पितृशोक

8.4k Shares

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको छ । 

आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएका रामनारायण शाहको आज निधन भएको अस्पतालले जानकारी दिएको छ ।  

शाहको पिसाबमा सङ्क्रमण भएपछि शरीरमा फैलिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएका उपचारकै क्रममा निधन भएको हो ।

आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

 

सम्बन्धित समाचार