उर्लाबारीमा थक्लुङ परिवारद्वारा आमाको स्मृतिमा सिलाम साक्मा निर्माण

6.3k Shares

मोरङ- मोरङको उर्लाबारी नगरपालिका–९ आम्बारी चासोक स्थलमा स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको सम्झनामा परिवारले करिब साढे तीन लाख खर्च गरेर सिलाम साक्मा निर्माण गरेको छ।

उक्त सिलाम साक्माको प्रतिमा किरात याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई हस्तान्तरण गरिएको छ।

अनावरण कार्यक्रममा परिवारका सदस्य सुमन थक्लुङले आमाको कला र संस्कृति प्रतिको लगाव सम्झिँदै समाजका लागि उपयोगी हुने उद्देश्यले स्मारक निर्माण गरेको बताए।

किरात याक्थुम चुम्लुङका अध्यक्ष बानु सुब्बाले दाताप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले समुदाय र संस्कृतिको जगेर्ना हुने बताए।

कार्यक्रममा स्थानीय प्रतिनिधि, चुम्लुङका पदाधिकारी, थक्लुङ परिवार र समुदायका सदस्यको उपस्थिति थियो।

लक्ष्मीमाया थक्लुङ २०१५ सालमा तेह्रथुममा जन्मिएकी थिइन् र २०७६ सालमा उनकाे निधन भएको थियो।

के हो सिलाम साक्मा ?

लिम्बु समुदायमा सम्मान, सुरक्षा र परम्पराको प्रतीकका रूपमा प्रयोग हुने चारकुने ताम्र–निशानी हो, जुन बाँस वा धागोबाट बनाइन्छ।

तङसिङ र याग्राङसिङ जस्ता महत्वपूर्ण अनुष्ठानमा यसको प्रयोग हुन्छ। मृत्युको बाटो रोक्ने प्रतीक मानिने सिलाम साक्मा पछिल्लो समय सार्वजनिक कार्यक्रम र पाहुनालाई सम्मान गर्न पनि प्रयोग हुँदै आएको छ।silam-sakma-urlabari.jpgsilam-sakma-urlabari-1-1152x1536.jpg

सम्बन्धित समाचार