बिरगंज । दुई नम्बर प्रदेशका डिअाइजी उमेश रन्जितकारले हाजिर हुने बित्तिकै बिरगंजबाट सिराहा लखेटिएका घुमुवा हवल्दार श्याम साह साेनार फेरि राैतहटकाे घुमुवा बन्न सफल भएका छन् ।
सिराहा लखेटिएकाे दुई महिनामा नै उनी राैतहटकाे घुमुवा बन्न सफल भएका हुन । उनको कमान्डमा अहिले सिपाही राजेश यादव र राैतहट नै घर भएका सिपाही शम्भु प्रसाद यादव पनि घुमुवा छन् । जबकि घर भएको ठाउँमा दरवन्दी नहुने प्रहरीमा नीति छ । यी घुमुवाहरूले शनिबार मात्रै साेनु जैसवाल जाे कपडा र चप्पलकाे तस्करी धन्दा चलाउछन उनलाई भेटेर रकमको बार्गेनिङ गरेको खुलेको छ । पहिले निज साेनुले प्रदेश र जिल्लाकाे घुमुवालाई मासिक २०/२० हजार दिदै अाएकाेमा अहिले दुई ठाउँका घुमुवाले मासिक ३०/३० हजार माग गरेको साेनुले नै सार्वजनिक गरेका छन् । त्यसैगरी इसाव जाे कपडाको तस्करी गर्छन् उनीसँग पनि दुबै घुमुवा टाेलीले ३०/३० हजार मागेका छन् । शनिबार मात्रै ठूलो जूवा अखडा संचालन गर्ने संचालकलाई समेत यो घुमुवा टाेलीले भेटेको छ। एसपी बिनाेद घिमिरे बिदामा बसेका कारण अहिले डिएसपी नारायण चिमाेरियाले घुमुवा परिचालन गरि माैलापुर , बंकुल र नरकटियामा पठाई रहेका छन् ।