‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण’

5.8k Shares

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको बताएका छन् । 

सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले औपचारिक रुपमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेकाले सरकार लगायत सरोकारवाला सबै गम्भीर भएर लाग्नुपर्ने बताए । 

उनले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम उचित क्षेत्रमा परिचालन गर्नुपर्ने सुझाव दिए । साथै उनले सामाजिक सुरक्षा कोषको सेवालाई प्रविधिमैत्री र दायरा विस्तारमा ध्यान दिन आग्रह गरे  ।

त्यस्तै ढकालले संयमित र समावेशी श्रम बजारको निर्माण कुनै पनि देशको आर्थिक रूपान्तरणको आधारशिला भएको धारणा राखे  । 

सम्बन्धित समाचार