१४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया शुरू

5.7k Shares

काठमाण्डाै – प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम ढिलो र सन्तोषजनक नभएको भन्दै १४ वटा निर्माण कम्पनीलाई अन्तिम पटक ७ दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ ।

यसअघि ३० दिनको समयसीमा दिएर प्रतिक्रिया नआएपछि कालोसूचीसम्बन्धी प्रक्रियामा आफूहरूको पक्ष राख्न अन्तिम मौका दिइएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा राख्ने प्रक्रिया शुरू भएका कम्पनीहरूमा लबकुश कन्स्ट्रक्शन, मनकामना कन्स्ट्रक्शन, दीपश्री इन्जिनियरिङ, न्यू कामना–युनिभर्सल जेभी, चन्द्रसूर्य निर्माण सेवा, आर्कटिक कन्स्ट्रक्शन, पम्फा निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, पूजा कन्स्ट्रक्शन, डीपी कँडेल निर्माण सेवा, पवित्रा मल्टिपल कन्स्ट्रक्शन, चिता–सल्लेरी एसोसिएट्स, पीएनडी शेर्पा कन्स्ट्रक्शन र क्वालिटी सोलुशन रहेका छन् ।

सम्बन्धित समाचार