देउवाद्वारा प्रचण्डको किन यति प्रशंशा

15.4k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवाले लामो बोले । संक्षिप्त बोल्ने देउवाले प्रचण्डको राजनीतिक यात्रा र योगदानको प्रशंशा गरे । अन्तमा उनले एमसीसी राष्ट्रघाती नभएको जिकिर गर्दै पास हुने बताए । देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंशा गरेपछि प्रचण्डले पनि देउवाको प्रशंशा गरे ।
सुरुमा बोलेका देउवाले प्रचण्डकै कारण संविधानसभा चुनाव भएको बताए । प्रचण्डको अगुवाईमा संविधानसभा भएको बताए । उनले अहिलेको देशमा भएको उपलब्धिमा प्रचण्डलाई नायक जसरी प्रस्तुत गरे । देउवाले भने, ‘संविधान बनाउने काममा प्रचण्डको सबैभन्दा महत्वपूर्ण योगदान छ ।’ काँग्रेसले २००७ सालमा उठाएको संविधानसभा प्रचण्डको अगुवाईमा पूरा भएको बताए ।
देउवाले आफ्नो खुलेर प्रशंशा गरेपछि प्रचण्डले पनि देउवाको प्रशंशा गरे । देउवालाई निर्दोष जस्तो लाग्ने र ठूलो स्टेटमेन्ट दिने नेता भने । उनले भने, ‘बढो निर्दोष लाग्ने देउवाजीले सबै प्रचण्डले गर्दा भयो भन्दिनुभयो । ठूलो स्टेटमेन्ट दिनुभयो ।’ देउवा इतिहासको खास खास मोडमा ठूलो स्टेटमेन्ट दिने र त्यसले देशको राजनीतिमा दूरगामी असर पर्ने गरेको सुनाए । उनले भने, ‘जतिबेला म विद्रोहीको नेता थिएँ उहाँले प्रचण्ड बहादुर नेता हो भन्दिनुभयो ।’
प्रचण्डले देउवासँग राजनीतिक इमान्दारिता समेत भएको टिप्पणी गरे । बोलेको पूरा गर्ने नेताका रुपमा विश्लेषण गरे । आफूलाई विगतमा देउवाले राजनेतासम्म भनेको बताए । काँग्रेसभित्र देउवाको आलोचना हुनसक्ने तर छाला धेरै दह्रो भइसकेको टिप्पणी गरे । देउवाले प्रचण्डको खुलेर प्रशंशा गर्नुमा एमसीसीको विषय जोडिएको छ । उनी एमसीसीमा प्रचण्डको साथ चाहिरहेका छन् ।

सम्बन्धित समाचार