6.5k
Shares
काठमाडाैं । नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेका टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाइ दिनुभएकाे छ । श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएकाे थियाे ।
प्रधानमन्त्री कार्कीले लेख्नुभएकाे छ, "दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ। फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका बावजुद विश्वमा नेपाल र नेपालीको शिर उच्च राख्ने टिमलाई हार्दिक बधाइ ।"