सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभको २१ औं साधारण सभा सम्पन्न

20k Shares

ललितपुर । सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेडले आज पुस १५ गते बिहीबार आफ्नो २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


सो बार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गर्नु भएको थियो भने विशेष अतिथिहरुमा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, जगदिशलाल बैंद्य, डा. ऋषि कुमार काफ्ले, डा. डीबी कार्की, डा. युवराज शर्मालगायत रहनुभएको थियो ।


बार्षिक साधारण सभाको अध्यक्षता गर्नुभएका अध्यक्ष हेमराज दाहालले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य बोर्डका सदस्य दिलिप डंगोलले गर्नुभएको थियो ।


सानेपाको हेरिटेज गार्डेनमा आयोजित सो साधारण सभामा सांगेतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।


साधारण सभा हलमा आयोजित सांगेतिक कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार किरण केसी, वरिष्ठ गायिका कुन्ती मोक्तान, सिमानी मोक्तान तथा हास्य कलाकार राजा राजेन्द्रको बेजोड प्रस्तुतीले उपस्थित शेयरधनी, कर्मचारी, बचतकर्तालगायत उपस्थित शुभचिन्तकहरुले भरपूर्ण मनोरञ्जन लिएका थिए ।


सुमेरु ग्रुपद्वारा संचालित सुमेरु सेभिङ्ग एण्ड को—अपरेटिभ लि., सुमेरु अस्पताल धापाखेल, सुमेरु सीटी अस्पताल पुल्चोक, एसियन कलेज फर एडभान्स स्टडिज, शंकरापुर एकेडेमी र सुमेरु मार्टका विद्यार्थी तथा कर्मचारीहरुले गीत तथा नृत्य प्रस्तुत गरी साधारण सभालाई रोमान्चक बनाएका थिए ।


हजारौं संख्यामा उपस्थित शेयर धनी, कर्मचारी, बचतकर्ता तथा शुभचिन्तकहरुको उपस्थितिमा बरिष्ठ हाँस्यकलाकार किरण केसीलाई सुमेरु ग्रुपको तीन वर्षको लागि ब्रान्ड एम्बेस्डर बनाइएको थियो । केसीलाई तीन वर्षको लागि ब्रान्ड एम्बेस्डर बनेकोमा संस्थाले १५ लाख रुपैयाँको चेकसमेत सो कार्यक्रममा हस्तान्तरण गरेको थियो ।


उत्कृष्ट विद्यार्थी, अन्तर हस्पिटलव्यापी फुटसल प्रतियोगितामा प्रथम हुने सुमेरु हस्पीटलका खेलाडीहरुलाई सम्मान गर्नुका साथै साधारण सभामा सोभा बढाउन गायन तथा नृत्यमा सहभागी विद्यार्थी, कर्मचारीहरुलाई मायाका चिनो सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले प्रदान गर्नुभएको थियो ।


सम्बन्धित समाचार