मुल्डे भ्यू–पार्क : हिमाल हेर्ने सबैभन्दा उत्कृष्ट दृश्य बिन्दु’

17.3k Shares

काठमाडौँ । मुल्डे भ्यू–पार्क पछिल्लोसमयमा हिमाल हेर्ने सबैभन्दा उत्कृष्ट दृश्य बिन्दु’ भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने मूल्डे भ्यू–पार्क पर्यटकका लागि हिमाल हेर्ने उत्कृष्ट गन्तब्य बन्दै आइरहेको छ । मूल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिले यो स्थानका लागि आवश्यक पर्यटकीय संरचना निर्माण गरेपछि यो स्थान आकर्षक गन्तब्यस्थल बनिरहेको छ ।

80567667-077d-421e-8ac5-eddc7938f2ad.jpg

स्थानीय राजमान गुरूबको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएपछि अहिले समितिमार्फत दोवाटोदेखि करिब आधा घण्टाको पैदल दूरीमा रहेको मूल्डे भ्यू– पार्कलाइ पर्यटनमैत्री बनाइएको हो । घान्द्रुकदेखि अलिकति पारीतिरको चुइले गाउँमा जन्मिएका राजमान गुरूब सानो छँदा बुबाहरूसँग दोबाटोहुँदै मुल्डे पुगेका थिए ।

ea673f23-84f2-4b5f-b05a-0ae5ccc57430.jpg

मुल्डेबाट देखिने दृश्यले उनलाइ लोभ्याएको थियो । दोबाटो–मुल्डेतिर गोठ ल्याउँदै गर्दा मुल्डेबाट देखिने दृश्यबाट रोमाञ्चित मैले मुल्डे भ्यु पदमार्ग सञ्चालन गर्ने मनस्थिति बनाउँदै २०५८ सालमा दोबाटोमा होटल खोल्न अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)सँग अनुमति मागेको थिए,’ उनले भने ।

7786acff-71f3-4179-85ed-1782efc0f52f.jpg

मुल्डे पदमार्ग निर्माण एवं प्रवद्र्धन गर्न उनले दोबाटोमा २०५८ सालमै छाप्रो बनाएर व्यवसाय सुरू गरे । तर विभिन्न कारण सोचेजस्तो नभएपछि रोजगारीका लागि विदेश गएर ५ वर्षपछि फर्केका उनी फेरि मुल्डे आएर आफ्नो पुरानो छाप्रो मर्मत गर्दै मुल्डेमा पर्यटक भित्र्याउने अभियानमा कस्सिए । अहिले दोबाटोमा उनले माउन्ट लक्की होटल सञ्चालन गर्दै आएका छन् ।

106fcebb-fd3e-4850-987c-89bb7772bc9f.jpg

राजमानकै पहलमा पदमार्गका अन्य ठाउँमा पनि होटल खुलेका छन् । विभिन्न ठाउँको अध्ययनपछि मूल्डेलाई भ्यूपार्ककारूपमा विकास गर्न सकिन्छ भनेर मेरै नेतृत्वमा अहिले समिति गठन भइ पार्कलाइ व्यवस्थित बनाउने कामले सफलता पाइरहेको छ,’ उनले भने । यहाँ भ्यू–टावर, पिब, ढुङ्गाको सिढी, शौचालय र टावर वरपर रेलिब अनि ढुङ्गा विछ्याएर चिटिक्क पारिएको
छ ।’

763eba04-4eb8-4639-ae4a-67b836a4514b.jpg

यस क्षेत्रकै ३ हजार ६३७ मीटरको उचाइमा रहेको मुल्डे भ्यू–पार्कबाट गुर्जा, धौलागिरी, जिर्वाब, टुकुचेपिक, धम्पुसपिक, निलगिरीसाउथ र नर्थ, अन्नपूर्ण– १, अन्नपूर्ण साउथ, हिउँचुली, अन्नपूर्ण– ३, गन्धर्वचुली, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो, मार्दी, लमजुब, मिालचुली, बौद्ध, गणेश, मनास्लुलगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ ।

251f2bb0-378d-4a6b-9cce-b6e677aa6077.jpg

पहाडी यात्राका कारण थाकेको ज्यानलाइ चिसो मौसम तथा छिन–छिनमा लुकामारी खेल्ने मौसमसँगै यहाँबाट देखिने मनोरम दृष्यले सम्पूर्ण थकाइ मेटाइदिन्छ । जो कोहीले हिमाल नजिकैबाट नियाल्ने सपना देखेका छन् भने उनीहरूका लागि मूल्डे भ्यू पार्कको यात्रा जीवनकै अविस्मरणीय अनुभव बन्न सक्छ ।

d9fa461c-5430-4496-a153-e0cb0afd78de.jpg

मूल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिका निमित्त कोषाध्यक्ष मीना गुरूबले एकैपटक दर्जनौ हिमालहरू हेर्ने सबैभन्दा उपयुक्त स्थानकारूपमा यतिबेला मूल्डे भ्यू–पार्क भएको जानकारी दिइन् । यसले जति चर्चा पाउनुपर्ने हो त्यो भने पाइरहेको छैन्,’ उनले भनिन्, ।

38ffb02d-2945-4c76-b251-bb219f1f5137.jpg

अन्तर्राष्ट्रिय बजारमा मूल्डे भ्यू–पार्कलाई ब्रान्डिब गर्दै डिजिटल प्लेटफर्म, वृत्तचित्र, मिडिया टुर, ट्राभल ब्लगर र प्रदर्शनीमार्फत प्रचार–प्रसार गर्न सके यो धेरै पर्यटकका लागि आकर्षित गन्तव्य बन्ने निश्चित छ ।’ अन्नपूर्ण साउथको काखमै रहेको हिडन भ्याली
मूल्डे भ्यू–पार्कबाट देखिएका हिमश्रृङ्खला र मनोरम दृष्यले पर्यटकको धित मार्न नसकेको अवस्थामा नजिकैको हिडन भ्याली प्ग्न सकिन्छ ।

af46b7f0-1a4c-43ab-90b4-139a2ee4fa10.jpg

समुन्द्री सतहबाट करिब ४ हजार २ सयको उचाइमा रहेको यो सुन्दर फाँट मनमोहक अनि रमणीय छ । दोबाटोबाट करिब ८ मिलोमिटरको दूरीमा रहेको यो  स्थानमा पर्ने पदमार्गमा देखिने अनुपम दृश्यहरूले हिँड्दै गर्दा लाग्ने थकानलाइ बिर्साइदिन्छ । समितिका सहसचिव रामकाजी गुरूबले भिरालो पदमार्गको साँघुरो स्थानमा रेलिबको व्यवस्था गरिएको जानकारी दिए ।

करिब ४ घण्टाको यात्रापछि पुगिने हिडनभ्यालीको फराकिलो फाँटमा चरिरहेका चौरीको वथान, भेडाको बथान र घोडाको चरणले फरक अनुभूति दिलाउँछ,’ उनले भने ।

यहाँ रहेको हिडनलेक अर्थात त्रिवेणी तालमा अवस्थित गुरूब समुदायको आस्थाको धरोहर मानिने त्रिवेणीदेवी मन्दिरमा हरेक
जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।’ यो स्थानमा पुग्दा प्रकृतिसँग रमाउनेहरूको खुसीको सीमानै नाघ्छ । अनि उनीहरूको मानसपटलमा के धर्तीमा यस्तो ठाउँ साँच्चै छ भन्ने पर्नसक्छ ।

947d60d4-8b9e-48ac-b6ab-9bb4a31b98ca.jpg

हिडनभ्यालीको यात्रा केवल हिमाल हेर्ने माध्यम मात्र होइन यो प्रकृति र आत्मशान्तिको अनौठो संगम पनि बन्नसक्छ । यहाँबाट छोमरोब पुग्न सकिन्छ । यसरी पुग्न सकिन्छ मूल्डे भ्यू–पार्क तपाइ यो भिडियो हेरेपछि मनोरम पर्यटकीय स्थल मूल्डे भ्यू–पार्क पुग्ने योजना बनाइसक्नुभएको छ भने सर्वप्रथम काठमाडौँबाट मुग्लीनहुँदै पोखरासम्मको करिब २०० किलोमिटर दूरीको यात्रा आरम्भ गर्नुपर्ने हुन्छ ।

पोखराको बागलुब बसपार्कबाट घान्द्रुकका लागि जीपहरू पाउन सकिन्छ । यहाँबाट करिब ५८ किलोमीटरको जीप यात्रा पार गरेपछि पुग्न सकिन्छ– सुन्दर पर्यटकीय गाउँ घान्द्रुक । घान्द्रुकमा बास बस्नका लागि करिब एक सयको हाराहारीमा स्तरीय होटल तथा लजहरू रहेका छन् । यसैगरी घान्द्रुकबाट मूल्डे भ्यू–पार्कका लागि यात्रा गर्दा पदमार्गमा पर्ने कोर्मोडाँडामा ५ वटा
होटल छन् भने मेलाँचेमा १, चुइलेमा ६, सिप्रुबमा १ अनि टाडापानीमा १० वटा होटल तथा लजहरू छन् ।

106fcebb-fd3e-4850-987c-89bb7772bc9f.jpg

तपाइ घान्द्रुकबाट सिधै टाडापानीको पैदलमार्ग पनि जान सक्नुहुन्छ । यो बाटो हिँड्दै गर्दा भैँसेखर्कमा २ वटा लजहरू छन् । टाडापानीबाट अघि बढ्दै गर्दा मेसारमा पुगेपछि ३ वटा होटल छन् भने इसारूमा पनि ३ वटा नै होटल रहेका छन् । त्यसपछि पुग्ने गन्तब्य दोबाटोमा ३ वटा होटल छन् ।

दोबाटोमा आराम गरेपछि करिब आधा घण्टाको यात्रापछि तपाइ मूल्डे भ्यू– पार्क पुग्न सक्नुहुन्छ । अनि यहीँबाट तपाइ खोप्रो, त्रिवेणी ताल (हिडन लेक), घोरेपानी–पुनहिल, अन्नपूर्ण आधार शिविर, उत्तर र दक्षिणलगायत पदयात्रा गर्न पनि सक्नुहुन्छ । मुल्डेबाट मनोरम दृष्यावलोकन गरेर धीत मरेको छैन भने अनि तपाइ पुग्ने गन्तब्य पौडे अर्थात हिडन भ्याली हुनेछ । जहाँ बास बस्नका लागि ३ वटा होटल रहेका छन् । यहाँको बसाइले तपाइलाइ स्वर्गीय आनन्द दिलाउनेमा कुनै द्विविधा छैन् । रमणीय र स्वर्गीय आनन्दले भरिपूर्ण यो ठाउँको यात्रा तपाइका लागि पक्कैपनि अविस्मरणीय रहने छ ।fc51515b-2562-445b-94b1-c10ef263c2ef.jpg

सम्बन्धित समाचार