6.5k
Shares
काठमाडौँ । सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहर्याएर बोल्न दिएपछि नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा होहल्ला भएको छ ।
बिहीबारको बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीपछि मन्सुरलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोल्न दिएका थिए । उनी बोल्न लागेपछि सदस्यहरूले होहल्ला गरेका हुन् ।
मन्सुरले यसअघि नै केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखिसकेको भन्दै नेताहरूले होहल्ला गरेका बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
सहमहामन्त्री मन्सुरले यसअघि १९ कात्तिकमा बसेको बैठकमा धारणा राखिसकेका थिए ।