15.8k
Shares
काठमाडौं । सरकारले विदेश जानेहरुका लागि काठमाडौंका चारवटा अस्पतालबाट कोभिड १९ विरुद्धको जोनसन एन्ड जोनसन खोप दिने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पासपोर्ट र भिसाका आधारमा उक्त खोप दिइनेछ । विदेश जान लागेका सबैलाई यो खोप दिइनेछ, आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।
यी हुन् जोनसन एन्ड जोनसन एन्ड जोनसन खोप दिइने अस्पतालहरु–
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
सशस्त्र प्रहरी अस्पताल, बलम्बु
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु