काठमाण्डाैँ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरूण पौडेल अतिरिक्त महानिरीक्षकको बढुवा प्रतिस्पर्धामा छन् । उनी नेपाल प्रहरीमा प्रवेश गरेको बेलादेखि कहिल्यै बिबादमा परेको पनि सुनिएन् ।
जहाँ कार्यरत रहेपनि सकुशल र इमानदारी नै देखिए । तर पनि उनले कमान्ड गरेको प्रदेश मात्रै नभएर प्रदेश प्रहरी कार्यालय रहेको जिल्ला मात्रै पनि नभएर मुश्किलले एक किलोमिटरको दूरीमा रहेको जिल्ला प्रहरी कार्यालय र मातहतको लुटतन्त्रमा थाहा नभएर हो कि चासो र निगरानी गरेको देखिएन् ।
पहिलो यस्तो देखिएको ठाउँ हो रातमाटे स्थित चेकपोस्ट । उक्त चेकपोस्टमा कुनै बेला हवल्दार प्रमुख हुने गथ्र्याे भने अहिले बरिष्ठ सई सम्म बस्ने गर्छन् । अहिले स्थानीय हेटौंडा चाइनाक्वटर घर भएका सई दिपेश कार्की प्रमुख छन् ।
पहिलो त स्थानीय घर भएको व्यक्तिलाई रातमाटे जस्तो संवेदनशील चेकपोस्टमा पठाउनु नै गलत हो । अहिले जिल्ला प्रहरी कार्यालय सुवेदार मेजर र लेखापालले चलाएको कुरा जिल्ला प्रहरी कार्यालय भित्र मात्रै होइन मातहतका सबै कार्यालयका प्रहरीलाई प्रष्ट थाहा छ । करिब ८/९ महिना मात्रै जागिर बांकी रहेका सुमे ऋषि निरौला आंफुलाई एसपीको दर्जामा छु भन्ने ठान्छन् र त्यस्तै व्यवहार देखाउंछन् । अझ धेरै जागिर भएको भए के गर्थे होलान् भन्ने चर्चा जिप्रका भित्र हुने गर्दछ । त्यसपछि लेखापालको फूर्ति त्यस्तै छ ।
जेनजी आन्दोलनबाट राजिनामा दिन बाध्य भएका काङ्ग्रेसका तर्फबाट नभई आरजु राणाको दवावले गृहमन्त्री बन्न पाएका रमेश लेखक र शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवाको भजन गाएर नथाक्ने र उनीहरूको कृपाले सधै राम्रो राम्रो ठाउँमा लेखापाल बन्न सफल भएका बरिष्ठ सई दमन चन्दले पनि जिल्ला प्रहरी नै चलाएका छन् । जेनजी आन्दोलन पछि भने लेखक र देउवाको नाम लिन छाडेका छन् ।
रातमाटे प्रहरी चेकपोस्ट इलाका प्रहरी कार्यालय पशुपतिनगर मातहत परेपनि यो चेकपोस्टमा जानका लागि टेण्डर हालेर जानुपर्ने हुन्छ । पहिले डिआइजीले त कहिले जिल्ला एसपीले टेण्डर हालेर जसले बढी मासिक बुझाउने कवोल गर्छ उसलाई पठाउने चलन थियो । तर डिआइजीले पठाए पनि एसपीलाई मासिक भेटी चढाउनु पर्ने थियो भने एसपीले पठाए पनि डिआइजीलाई मासिक बुझाउनु पर्ने थियो नै । तर अहिलेका डिआइजी पौडेलले प्रदेश मातहत कतै कसैलाई सिफारिस गरेको हाल सम्म सुनिएको छैन । अहिले रातमाटे गएका सई दिपेश कार्की जिल्ला प्रहरीको सेटिङमा गएको प्रष्ट हुन्छ ।
अहिले हेटौंडा हुदै गाईगोरूको तस्करी दिनहुँ जसो भैरहेको छ , रोकिएको छैन । यसबाहेक वारा , पर्साका नाकाबाट हुने तस्करीका सामान ल्याउने पिकअप गाडीबाट मासिक रकम होइन दैनिकी रेट तोकिएको छ । बिरगंजबाट काठमाडौ चल्ने नाइट गाडीमा लुकाएर ल्याउने लाखौंको सामानमा पनि सेटिङ रहेको छ । सेटिङ भएको बसहरू चेकजाँच हुदैनन् । हेटौंडाका महिला ग्रुप जो रक्सौल गएर दिनहुँ तस्करीको कपडा ल्याउंछन , उनीहरूसंग पनि असुली चलेको छ । यी त केही तथ्य मात्रै हुन यस्ता दर्जनौं तथ्य छन् , जुन रातमाटे प्रहरी चेकपोस्टले असुली गर्दछ ।
यहीँ ट्राफिक प्रहरीको पनि यही असुली अवस्था रहेको छ। भारतीय नम्बर प्लेटका मोटरसाइकल र गाडीहरू हेटौंडा आउने क्रममा हुन या जाने , ट्राफिक प्रहरीलाई हातमा रकम नदिई जाने अवस्था छैन । ओभरलोडका ट्रक , ट्रिपर हुन या कागजात नभएका वा कर र नविकरण नभएका हुन ट्राफिक प्रहरीले कारबाही होइन घुष खाएर मात्रै छोड्ने गरेको छ । भाग र कुरा नमिलेपछि मात्रै कारबाही वा चिट काट्ने हो । अन्यथा असुली नै हो ।
ट्राफिक प्रहरीको तर्फबाट पनि रातमाटेमा बरिष्ठ सई कृष्णप्रसाद काराखेती छन् । उनी कति सम्म भाग्यमानी मात्रै होइन कि हाकिमको प्रियपात्र र खान , ख्वाउन सिपालु छन् भने मकवानपुर ट्राफिकको सबैभन्दा राम्रो , बढी अतिरिक्त कमाई हुने ठाउँको रूपमा चिनिएको मनहरी ट्राफिकमा २० महिना बस्न सफल भएर जिल्ला ट्राफिकमा फर्केको तीन महिना नपुग्दै रातमाटे ट्राफिक प्रमुख बन्न सफल भए । मनहरी पछि ट्राफिक प्रहरीको असुली अखडा रातमाटे हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख निरीक्षक बच्चुराम फूयालको बिश्वास पात्र भएको कारण नै काराखेती रातमाटे पुगे । त्यतिमात्र होइन पहिले पहिलेका ट्राफिकका निरीक्षकले केटा मार्फत विभिन्न यातायात समिति, व्यवसायी देखि कारखानाबाट रकम लिने गर्दथे । तर अहिले त केटा होइन सोझै कारोबार हुने गरेको देखिन्छ । उनले सिपाही मिलन थापालाई अहिलेसम्म गरेर तीनपटक रातमाटे पठाएका छन् । मानौं जिल्ला ट्राफिकमा अरू सिपाही नै छैनन् । निरीक्षकको नाममा बाहिरको केही लेनदेनको कारोबार यिनै थापाले पनि गर्दै आएका छन् ।
आइजिपी त छोटो छोटो अवधिको हुने भएकोले उनीहरूले यस्तो हेर्न र बुझ्न पनि भ्याउंदैनन् र सक्दैनन् । यो सबै हेर्ने प्रदेश प्रमुख डिआइजीहरूले नै हो । त्यसैले डिआइजी अरूण सरको ध्यान जान्छ कि ?