काठमाडौं । नेपाली कांग्रेसकी नेतृ अर्थात राष्ट्रिय भाउजुका रुपमा चिनिएकी आरजु देृउवा राणा र पुर्व प्रमुख आयुक्त नविन घिमिरेका विश्वास पात्र सहसचिव प्रकाश पौडेलको सिंहदरवारमा उत्पात चर्चा चल्न थालेको छ । राष्ट्रिय भाउजुका रुपमा चिनिएकी आरजु देउवा राणासँग हिमचिम बढाएर राम्रै रकम कलम जोडेका सहसचिव प्रकाश पौडेल पछिल्लो समय उनै राष्ट्रिय भाउजुका बारेमा कर्मचारीहरुसँग अनेक टिप्पणी गर्ने क्रम बढे पछि जिब्रो टोकाटोकको अवस्था आएको हो ।
पछिल्लो समय राजस्व अनुसन्धान विभाग देखि चितवन सिडियोका लागि भाउजुलाई खुशी पारेका ब्यक्ति उनै हुन् । उता बिध्यार्थी कालमा पन्चे छवीका पूर्व प्रमुख आयुक्त नवीनकुमार घिमिरे कहिले नेपाली कांग्रेसका कृष्ण सिटौलाको फेरो समाते त कहिले एमालेका खाटी कार्यकता बने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले पनि उनै पूर्व प्रमुख आयुक्त घिमिरेकै ’हावा हरक्क चल्ने’गरेको समाचारसँगै उनका समेत विश्वास पात्र सहसचिव प्रकाश पौडेल पछिल्लो समय सिंहदरवार भित्रै प्रवेश गरेका छन् । काठमाडौं जिल्लामा कामुकै भरमा सिडियो हुँदै बिभिन्न आर्कषक स्थानमा रमाउँदै राम्रै शुभलाभ जोडेका पूर्व प्रमुख आयुक्त घिमिरे अध्यागमन विभागमा पनि बसेका अधिकारी हुन् ।
निजामती सेवामा रहँदा,बस्दा,रमाउँदा वन,भुमी,रक्षा र गृह मन्त्रालयमा बसेर राम्रो अकुत धनसम्पती दौलत जोडेको उनलाई नजिकबाट चिन्नेहरुले बताउन थालेका छन् । भ्रष्टचारबाट अकुत सम्पत्ति जोड्ने कर्मचारीहरुको सुचीको खोजीका क्रममा उनी अग्रपंतिमा आउछन् ।
पूर्व प्रमुख आयुक्त घिमिरेको अहिले पनि प्रर्दा पछाडि अख्तियारमा राम्रै प्रभाव देखिने गरेको अख्तियार स्रोतले जनाएको छ ।आयल निगमको जग्गा प्रकरणमा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई संरक्षण गरेकै कारण पनि संबन्ध कस्तो थियो ? त्यसै प्रष्ट हुन्छ समाचार स्रोतले भन्यो ।
उनीहरु बिच राम्रै हिमचिम भएका कारण पनि कुन मुद्धामा कस्लाई फसाउने ? कस्लाई जोगाउने भन्ने बारे पनि निकै छलफल हुने गरेको हुन्थियो, स्रोतले अभियान टाइम्सलाई नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएको हो । उनका पालामा धेरै कर्मचारीहरुलाई बद्नियत पुर्ण तवरले १३ पाने भराउने गरेकाले पनि अहिले उनको धन्दाबारे चर्चा चलेको थियो ।
अख्तियारमा घिमिरे प्रमुख आयुक्त रहँदा सहसचिव प्रकाश पौडेल हर्ताकर्ताका रुपमा रहेको स्रोतले जानकारी दिएको छ । प्रकाश पौडेलले केहि घुषिया अधिकृत र नासुहरुको समुहनै बनाएर राम्रै रकम जोडेका थिए । पछिल्लो समय चितवन हुँदै बारा जिल्ला सिडिओका रुपमा पुगेका सहसचिव पौडेल अहिले जेनजी प्रदर्शनपछि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगको सचिवालयमा सरुवा भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले गत आइतबार उनलाई सचिवालयमा सरुवा गर्ने निर्णय गरेका हुन् । पौडेल बाराको प्रमुख जिल्ला अधिकारी थिए । बाराको प्रमुख जिल्ला अधिकारी सिडिओ बाट उनलाई भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ जाँचबुझ आयोगको सचिवालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।