६ महिनासम्म पनि बिदा किन नलिएकाे भन्दै पाँच प्रहरीसँग सोधियो स्पष्टीकरण

17k Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म कुनै पनि बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । प्रहरी नियमावली २०७१ अनुसार दिइएको बिदा सुविधा नलिएका पाँच प्रहरीलाई बिदामा नबसेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार कारबाहीभन्दा पनि उनीहरूको घरायसी केही समस्याका कारण बिदा नबसेको हो कि भन्ने आशंकाले स्पष्टीकरण सोधिएको बताए । स्पष्टीकरणको २४ घण्टामा सन्तोषजनक जवाफ नआए प्रहरी नियमावलीबमोजिम कारबाही हुनेसमेत पत्रमा चेतावनी दिइएको छ ।

प्रहरी कर्मचारी बिदामा बसेर फर्किदा कार्यसम्पादन राम्रो हुने र ‘मोनोटोनस’ पनि नहुने हुँदा बिदाको सदुपयोग होस् भन्ने संगठनको नीति नै रहेको उनको भनाइ छ । प्रहरी अधिकृतहरूले वर्षमा २० दिन घर बिदा र १२ दिन भैपरी बिदा पाउने गरेका छन् । खोटाङ जिल्लाभरी कुल पाँचसय भन्दा बढी प्रहरी कर्मचारी डीएसपीको कमान्डका खटिएका छन् । 

सम्बन्धित समाचार