काठमाण्डौ – सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर टोलमा फैलिएको झाडापखाला रोकथामका लागि प्रयास भैरहेको छ । झाडापखाला रोकथाम उन्मुख रहेको छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाका प्रमुख दीपेन्द्र यादवका अनुसार झाडापखालाबाट प्रभावित ३२ जना मध्ये २६ जना निको भइसकेका छन् । ६ जनाको उपचार भैरहेकोमा अवस्था सुधारउन्मुख छ । झाडापखाला प्रभावितमध्ये ११ जनाको दिसाको नमुना परीक्षण गर्दा पाँच जनाको रिर्पोट पोजेटिभ आएको छ । त्यहाँ केहीदिन अघि एकै परिवारका तीन जनाले झाडापखालाका कारण ज्यान गुमाएका थिए ।
मुसहर बस्तीमा खानेपानी, शौचालय र सरसफाईको अवस्था भने कमजोर छ । धेरैजसो घरपरिवार खुला ठाउँमा शौच गर्छन् । खानेपानीका लागि एउटै चापाकलमा बस्तीका ५० घरधुरी आश्रित छन् । विपन्न यो बस्तीमा फोहोर व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको छ ।