6.9k
Shares
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ । उपत्यकाको फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर व्यवस्थापनमा अवरोध भएकोले महानगरले फोहर घरमै राख्न आग्रह गरेको हो ।
महानगरले सूचना निकालेर स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापन गर्न नसकिएकाले केही समयका लागि आफ्नो घरबाट निस्केका फोहरमैला घरका कम्पाउन्डमा सुरक्षित रूपले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ । साथै फोहोर जथाभाबी सडक तथा सार्वजनिक ठाउँमा नफाल्न समेत विभागकाे अनुरोध छ ।
यसैगरी ललितपुर महानगरपालिकाका वडाहरूले पनि वडावासीलाई केही दिन फोहोर घरमै व्यवस्थापन गर्न सूचना निकालेर आग्रह गरेका छन् ।