लाओस राई
काठमाडौं । "आतंकवादीहरूसँग मेरो संगत भयो, आतंकवादीसँग संगत परेर त केही भएको होइन, एउटा रिभल्वर थियो, त्यही रिभल्वर राखेर हामी छलफल गर्थ्यौं कसरी क्रान्ति गर्ने भनेर।' क्रान्तिका लागि हतियार कसरी जुटाउने चिन्ता तात्कालिन भारतीय युवाले अंग्रेज विरुद्धको सिलसिलामा भएका कुराकानीलाई आत्मवृत्तान्त बीपीले लेखेका छन्। भारतीय क्रान्तिमा होमिएका एक होनहार युवा बी.पी. कोइरालाले पछि २००७ सालमा कांग्रेसले शस्त्रक्रान्ति गर्यो। क्रान्ति पनि सफल भयो। तर २०१७ मा सजिलै प्रजातन्त्रको हत्या भयो। जसको विरुद्धमा पटक पटक हतियार उठाएता पनि सफल भएन। किनकि त्यस बखत पार्टी भित्र विभिन्न स्वयं समूहहरूको ठूलै तप्का निर्माण भई सकेको थियो। जसले पंचायती व्यवस्थाको समर्थन
मात्रै गर्दैन थियो कांग्रेसलाई अनेक प्रकारका दुःख दिने गर्दथ्यो।
२०४२ सालमा नेपाली कांग्रेसले आव्हान गरेको सत्याग्रह विथोल्न रामराजा प्रसाद सिंहले आरडी एक्स श्रीलंकाबाट ल्याएको प्रसंग अन्तरवार्तामा खुलाए। २०६४ मा उनी राष्ट्रपतिको उम्मेदवारसम्म बने। जमिन्दार सफाइको आन्दोलन झापाबाट सुरू भयो। विचार नमिल्ने जमिन्दारको हत्या गर्दै मार्क्सवादी आन्दोलन गरे। जसलाई झापा विद्रोह भनिन्छ। तिनै झापा विद्रोहको जगबाट माथि उठेका केपी शर्मा ओली आज नेपालको प्रधानमन्त्री छन्। वि.स. २०५२ सालमा कांग्रेस समाप्त गर्ने अठोट गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' कालान्तरमा गिरिजाप्रसाद कोइराला 'गिरिजा बाबुले नेतृत्व गरेका शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट दुई पटक प्रधानमन्त्री बने। हिंसाप्रधान ठान्ने उनले आजकल गिरिजाबाबु सम्झँदै भन्ने गर्छन् - 'उहाँले मलाई संसदरी राजनीतिमा यद्यपि, हिंसाको आवश्यकता छैन। तर आज पनि हिंसा कायम नै छ।
नेत्र विक्रम चन्द 'विप्लव' नामको समूह र राज्य स्वयंले पनि हिंसा चलाईरहेका छन्। हिंसात्मक आन्दोलनको फेरो समातेर राजनीतिक उद्देश्य पूरा गर्न सजिलो हुन्छ भन्ने उदाहरण विश्वमा थुप्रै छन्। नेपालको राजनीतिमा यस्ता हिंसात्मक आन्दोलनहरू माथि नै उल्लेख गरिसकेको छ। जुन आन्दोलनमा हतियार प्रदर्शित भएनन्। हतियारको बलमा सत्ता र व्यवस्था बदल्न, ढाल्न र परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्य लिइएको नहोस् यो एक किसिमको विध्वंसात्मक मार्ग हो। यसले मानव मात्रको हत्या गर्दैन, सभ्यता र संस्कृतिको पनि तहसनहस गर्दछ। तथापि विश्वमा यही मार्ग नै राजनीतिक व्यवस्था र सत्ता प्राप्त गर्ने मूलमार्ग बनेको देखियो। यो एक किसिमको मानवता विरोधी मार्ग हो। यस प्रकारका गतिविधिलाई अत्यन्त बर्बर, अमानवीय, मानवता विरोधी मानिन्छ।
त्यसकारण यो मार्ग अत्यन्त गलत हो विज्ञहरू भन्छन्। यति हुँदाहुँदै पनि सत्ता परिवर्तनका निम्ती हिंसाको सहारा नै किन? यसको आवश्यकता किन? त्यो विषयमा गम्भीर हुन जरूरी देखिन्छ। हिंसात्मक गतिविधिको बारेमा छलफल गरिरहँदा यसको अन्तरसम्बन्ध र यी विषयसँग सम्बन्धित ऐतिहासिक पक्षको बारेमा जानकार हुनु जरूरी हुन्छ। पहिलो कुरा प्रागमानव र उनीहरूको विकास चरणलाई हेरौं। तिनताका उनीहरूको पहिलो कर्म भनेको आत्मरक्षा गर्नु थियो। आफु र आफ्नो समूह सुरक्षित रहन अर्को समूहको हिंसा जरूरी थियो। किनभने दुश्मनहरूको हिंसा बिना प्राणरक्षा सम्भव थिएन। त्यसकारणले गर्दा हिंसा उचित नै थियो भन्न सकिन्छ तत्कालीन समयमा। तर यति भनिरहँदा हिंसा उचित थियो भन्न खोजिएको भने बिलकुल होइन। हिंसा सर्वथा अमानवीय, अनुचित थियो, छ र हुनेछ।
हिंसा हिंसात्मक गतिबिधिको सुरूवात कसरी भयो भन्ने विषयमा छलफल गर्न आवश्यक छ। जब मानव जाति वंशजको आधारमा स-साना इकाईहरू निर्माण गर्दै बसोवास गर्न थाल्यो त्यसै बेलादेखि हिंसाले हिंसात्मक गतिविधिले संगठित रूप लियो र लिन थाल्यो। किनकी एक बंशको एकाई वा समूहले अर्को समूहमाथि हिंसा गर्दै आफ्नो इकाई विस्तार गर्ने संस्कारवस्तै गयो भन्ने समाज तथा मानवशास्त्रीहरूको मत पाइन्छ। विज्ञहरूको कुरालाई आधार मान्ने हो भने हिंसा मुलकर्म जस्तै देखिन्छ, किनकी कुनै एक इकाई वा समूहको खिलाफमा उभियो कि हत्या गरिहाल्ने संस्कार नै बनिसकेको देखिन्छ। तिनै इकाईहरू क्रमशः संगठित रूपमा विस्तारित हुँदै राज्यको रूपमा परिणत भयो।
क्रमशः राज्यको व्यवस्थाको थालनी, सामाजिक रितिथितीको विकास, सभ्यता र संस्कृतिको विकास र विस्तारिकरण, एवम् मानवी हितको निमित्त निर्मित इकाईहरूको निर्माणसँग सम्बन्धित पक्षहरूको विकास हुँदै आजको आधुनिक समाजको निर्माण भएको हो। आदिमा जंगली तथा घुमन्ते शिकारी मानव हुँदै प्रविधिले भरीपूर्ण मानव भईकन पनि मानव मन भित्र हिंसात्मक आचरण र स्वभाव यथावत नै किन रहिरह्यो? बिना हिंसात्मक गतिविधि मानव समाज चल्नै नसक्ने हो त? जस्तो विभिन्न खालाका प्रश्नहरू उठिरहेका छन्। यी विषयमा बहस गर्दै गरौंला। त्यतातिर छलफल गरिरहनु यो छोटो लेखनीमा सम्भव देखिदैन। तर हिंसात्मक गतिविधि मानवी गुण र दोषको योग हो जुन मानवले आफ्नो वंश रक्षार्थ सँधै गर्ने गतिविधि हो।
जब मान्छे स्थायी रूपमा बस्न थाल्यो त्यसै बेलादेखि परिवार, वंश, समाज र स-साना इकाईहरूको निर्माण हुँदै तिनै इकाई नै राज्यको रूपमा विकसित भयो । त्यसकारण व्यक्तिले गर्ने सामाजिक गतिबिधि र नियम कानुन जस्ता पक्षको सुरूवात राज्यले गर्न थालेसंगै हिँसा जस्तो अमानवी कार्य पनि राज्यले गर्ने थाल्यो । जसले गर्दा हिंसा र हिंसात्मक गतिबिधिहरू हुँदै गयो । जसलाई मन नपराउने पक्षहरूले दमन र राज्य सत्ताको आतंक वा राज्य आतंक भन्ने गरे। सत्ता कै विरूद्धमा समूह बनाई प्रतिकारात्मक हिंसात्मक गतिविधि सुरूवात गरे। एबम प्रकारले राज्यपक्ष र विद्रोहीपक्षबीच हिंसात्मक खेलहरू खेलिंदै हामी गणतन्त्रको जहाजमा यात्रा गरिरहेका छौं। विश्वका नरसंहारकारी घटनाको उदाहरण मात्र होइन नेपालको राजनीतिक परिवर्तनका प्रमुख मानिएको माओवादी विद्रोह सबैभन्दा निमित्त भएका हिंसात्मक विद्रोहहरू मध्ये कान्छो उदाहरण हो। जसको नेतृत्व यतिबेला विप्लव समूहले गरिरहेको छ।
दश वर्षे युद्धमै राजनीति र युद्ध विद्या को शिक्षा लिएका नेत्र युद्ध कौशलमा भर पर्नेछ। त्यसैले परिवर्तनको विक्रम चन्द कति सफल हुने हो त्यो उनकै नाममा भएका र हुने जति पनि प्रयासहरू छन् ती सबै हिंसा र हिंसात्मक थियो र यसको अन्त्य पनि कहिल्यै हुँदैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ। यद्यपि, विश्वमा हिंसाको अन्त्य हुन नसक्नुको मुख्य कारण हिंसा हुनुका कारणहरूको सम्बोधन हुन नसक्नु पनि हो। त्यसकारण विश्वव्यापीकरणले गर्दा एक ठाउँ वा देशको हिंसाको असर विश्वमा नै पर्ने भएकाले विश्वको ध्यान हिंसाको न्यूनीकरण र अहिंसात्मक समाज स्थापनामा हुनु जरूरी छ। अहिंसाका पूजारी गौतम बुद्ध र महात्मा गान्धीले भने जस्तै शिक्षाका माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गरिनुपर्छ।