ब्रहमश्री मित्र

मैले कविता लेखें
मैले कविता देखें
मैले कविता अनुभव गरे
मैले कविता रचे
के हो सत्य
कविलाई थाहा छैन
कविता लेख्दा लेख्दै
कविलाई एउटा मच्छरले टोकेको थियो
कविले मच्छरको पिटाई गर्यो
मच्छर दुनमुनिएर अगाडि लड्यो
कविले अनुभव गर्यो
कवि संवेदनशीलता जागृत भयो
हो आज मानिस मच्छर जस्तो भएको छ
एउटा धनी मानिसले गरिवलाई
मच्छर जस्तो व्यवहार गर्छ
एउटा शक्तिशालीले, कमजोरलाई
मच्छर जस्तो व्यवहार गर्छ
एउटा राजनीतिज्ञले अर्को
राजनीतिज्ञलाई
मच्छरजस्तो व्यवहार गर्छ
एउटा राष्ट्रले अर्को राष्ट्रलाई
मच्छर सम्झिन्छ
अनि हानी विभिन्छौं
अरुलाई मच्छर बनाउँदा
हामी स्वयं सबै मच्छर हुन्छौं
आज मानिसले मानवता
विर्सेको छ
किनकि उसले अरुलाई
मच्छर ठान्छ
-
मानव अधिकारको नाममा
मच्छर ठान्छ
प्रजातन्त्रको नाममा
मच्छर ठान्छ
स्वतन्त्रताको नाममा
मच्छर बन्छ
राष्ट्रियताको नाममा
मच्छर ठान्छ
धर्मको नाममा
मच्छर ठान्छ ।
के हो सत्य तथ्य यथार्थ
कसैलाई बोध छैन
मानव सबै वाद भन्दा श्रेष्ठ प्राणी
वादको कारणले मच्छर हुन पुगेको छ
वाद श्रेष्ठ, मानव मच्छर
यो कस्तो गणित
यो कस्तो समझ
यो कस्तो बुद्धिमत्ता
यो कस्तो सभ्यता
कवि छक्क पर्छ, अवाक हुन्छ,
यस्तो श्रेष्ठतामा भाव सहितको
कवि प्रति मच्छर