बाग्लुङको रुद्रपीपलका मनोज लागुऔषधसहित गुल्मीमा पक्राउ

6.3k Shares

गुल्मी – गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्से नजिकै कालिगण्डकी करिडोर सडकखण्डमा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको बाग्लुङ नगरपालिका–२ रुद्रपीपल बस्ने ३२ वर्षीय मनोज प्रधान रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारूले जानकारी दिनुभयो । बुटवलबाट बाग्लुङ घरतर्फ जाँदै गर्दा मनोज चढेको ध १ प ५५८२ नम्बरको मोटरसाइकल पल्टिएको र स्थानियबासिन्दाले उठाउने क्रममा झोलामा लागुऔषध फेला पारेका थिए ।

बरामद भएको लागुऔषध र मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय रिडीमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित समाचार