बारा र पर्सामा लक्षित जनसङ्ख्याको ८५ प्रतिशतले हैजाविरुद्धको खोप लिए

7.1k Shares

काठमाण्डाै – बारा र पर्साको हैजा प्रभावित क्षेत्रका लक्षित जनसङ्ख्याको ८५ प्रतिशतले हैजाविरुद्धको खोप लिएका छन् ।release_hyvOev9mjd.jpg

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप अभियान अन्तर्गत पर्सामा ८४ र बारामा ८७ प्रतिशतले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । पर्सामा ५ लाख ४७ हजार जना र बारामा ३ लाख १७ हजार जनाले खोप लिएका छन् ।

हैजा महामारीको प्रतिकार्य स्वरूप पर्साका सबै पालिकामा असोज २६ गतेदेखि र पर्सासँग सिमाना जोडिएका बाराका ६ वटा पालिकामा असोज २७ गतेदेखि हैजाविरुद्धको खोप अभियान चलेको हो ।

सम्बन्धित समाचार