ललितपुर । इमाडोल अवस्थित लोक स्मृति सेकेण्डरी स्कूलको परिसरमा आज मंगलबजार विद्याथीहरुलाई थ्रीडी मूभी देखाइएको छ । रुपक क्रियशन प्रा.लि. विद्यार्थीहरुलाई रमाइलो प्रदान गर्नको निम्ति चश्मा लगाएर हेरिने थ्रीडी मूभी प्रदर्शन गरेको हो ।
अपारन्ह २ बजे शुरु गरिएको उकत कार्यक्रममा कक्षा १ देखि कथा १० दशसम्मका एकसय भन्दा बढी विद्यार्थीहरुले थ्रीडी मूभी अवलाेकन गरेर मनोरञ्जन लिएका थिए ।
१८ मिनेट लामो उक्त थ्रीडी मूभीमा नेपालको राष्ट्रिय गान, ब्रम्हाण्ड अवलोकन, शरीरका भित्री अंग लगायत डाइनोसोर सम्बन्धित वृत्तचित्र सामाग्री समेटिएको छ । फिल्म समाप्तिसँगै शिक्षक तथा विद्यार्थीहरुले उक्त मूभीबाट भरपुर रमाइलो प्राप्त गरेको अनुभव सुनाए ।
रुपक क्रियशनले समयसापेक्ष उपत्यकाका विभिन्न स्कूलको भ्रमण गरी यस थ्रीडीे मूभी विद्यार्थीहरुसमक्ष पस्कँदै आइरहेको छ । रुपक क्रिशयन प्रा.लि. नेपालमै पहिलोपटक थ्रीडी नेपाली स्टारी नामको थ्रीडी पुस्तक प्रकाशन गरेर सबैलाई अचम्मित पनि बनाइसकेको छ ।








