हे परिवर्तन तिमी लुकेर बसेका छौ या रुठेर लुकेका छौ? (भाग-२)

10k Shares

डा.  डि बी शाही

जुद्धशमशेरले सी क्लासका राणाहरुलाई प्रधानमन्त्रीको रोलक्रमबाट हटाई देशनिकाला गरे जसले गर्दा सी क्लासका निष्कासित राणाहरु राणाशासन विरोधी भए । जङ्गबहादुरको समयमा राणाहरूको एकतन्त्रीय निरङ्कुश शासनको विरोधमा विद्रोहका आवजहरु उठ्न थाले इ.स .१८५२मा कप्तान भाेटुसिंह,बि.स.१९३२/३३मा लखन थापाले जंगबहादुर राणा बिरुद्ध गरेकाेबिद्राेह, १९३३/३४ तिर गाेर्खाका गुरुङ्गहरुकाे बिद्राेह, १९३५मा गाेर्खाका सुकदेब गुरुङ्गले बिद्राेह गर्दा पक्राउ गरी जेल चलान । १९३३मा जेल भित्रै मृत्यु यस्तै सुपति गुरुङ्गले गरेकाे "बाैद्ध बादशाह नाै" घाेषणा १९५०मा माधवराज जाेशीकाे आर्य समाज, १९६६मा काैशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीकाे मक‌ैकाे खेती, १९८८मा प्रचण्ड गाेर्खाकाे स्थापना, सार्वजनिक पुस्तकालय, लाइब्रेरी पर्व,बि.स.१९९७काे महावीर स्कुल पर्व, जयन्तु संस्कृतम्,नेपाल नागरिक अधिकार समितिकाे आन्दाेलन, बि.स. १९९३ मा गठित नेपाल प्रजा परिषदकाे आन्दाेलन, बि.स.१९९७ माघ ६ गते गाथगाद्दी ताकेकाे आभियाेग लगाएर शुक्रराज शास्त्री, दशरथचन्द, धर्मभक्त र गंगालाल माथि अंश सर्वस्व र ज्यान सजाए ताेकी निर्ममता पुर्वक हत्या अरु टंक प्रसाद आचार्य, रामहरि शर्मा,चुडा प्रसाद, गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, गाेविन्द प्रसाद उपाध्याय र बलबहादुर पाण्डेलाई अंश सर्वस्व र आजन्म कैदकाे सजाए लगायत अन्य थुप्रै बिद्राेहीहरुलाई अनेक थरी सजाए गरेकाे परिवर्तन तिमी लुकेर हेरी बस्याै ।

२००४ मा नेपाल प्रजा पञ्चायतकाे सत्याग्रह, राजा त्रिभुवनद्वारा गद्दी त्याग, २००४ साल मंसिर १ गते मातृका प्रसाद प्रम, वि.सं.२००७ कात्तिकमा राजा त्रिभुवन दरबार त्याग गरी भारतमा शरण लिन पुगेपछि राणा विरोधी आन्दोलन चर्किन थाल्याे २००७ साल असाेज ७ र ८ गते भारतकाे बैरनियामा भएकाे नेपाली काँग्रेसकाे सम्मेलनले नेपालमा प्रजातन्त्र र राणा शासनकाे अन्त गर्ने सम्मेलनकाे निर्णय अनुसार २००७ साल कात्तिक २५ गते देखि मातृका प्रसाद काेइरालाकाे नेतृत्वमा सशस्त्र संघर्ष शुरु गर्याे भने तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुकाे मध्स्थतामा राजा त्रिभुवन, राणा र नेपाली काँग्रेस बीच १२ फेब्रुरी१९५१ फागुण १ गते २००७ सालमा त्रिपक्षीय दिल्ली सम्झाैता भयाे र फागुण ४, २००७ सालमा राजा त्रिभुवन नेपाल फर्केर २००७ साल फागुन ७ गते राणा शासनकाे अन्त भएकाे घाेषणा गरेर सत्ता परिवर्तन गरि देशमा प्रजातन्त्र स्थापना गरेकाे नाक फुलाएर उद्घाेष गरेर लाधिएकाे राजासहितकाे प्रजातन्त्र तिमीले परिवर्तनकाे खुड्किलाे भनेर स्वीकार गरेर देशलाई अस्थिरतामा धकेल्ने खेल खेलाउने आयाेजक र रेफ्री बनेर परिवर्तन तिमीले याे राष्ट्रलाई खेलकाे मैदान बनायाै ।

राजा त्रिभुवन कै मातहत नेपाली काँग्रेस र राणाहरुकाे अन्तरिम सरकार बन्याे त्याे अन्तरिम सरकार नाै महिना पछि २००८ साल मंसिर २१ गतेसम्म चलेर विघटन गरी त्यसै दिन नेेपाली काँग्रेसका नेता मातृका प्रसाद काेइराला प्रधानमन्त्री भए । २००९ सालमा मातृका नेपाली काँग्रेसका अध्यक्ष चुनिए तर २००९ साल साउन २३ गते मातृकाकाे सरकार ढल्याे र २००९ साल साउन २३ गते राजा त्रिभुवनले शाही परामर्शदात्री सरकार गठन गरे त्याे सरकार पनि २०१० साल असार १ गते विघटन गर्नु पर्याे र राष्ट्रिय प्रजापरिषदका अध्यक्ष मातृका प्रसाद काेइराला २०१० साल असार २ गते फेरि प्रधानमन्त्री भए त्याे सरकार पनि ढल्याे र फागुनमा फेरि उनै मातउका प्रसाद काेइराला नै प्रधानमन्त्री भए तर त्याे सरकार पनि २०११ सालमा विघटन गरेर राजा त्रिभुवनले राज्य व्यवस्था आफ्नु हातमा लिए तर त्त्येसै बर्ष त्रिभुवनकाे स्वर्गाराहन पछि २०११साल चैत १ गते महेन्द्र बीर विक्रम शाहकाे राज्याभिषेक भयाे र २०१२ सालमा राजा महेन्द्रले गुञ्जमान सिंहकाे अध्यक्षतामा शाही सल्लाहकार समिति गठन गरेर शासन चलाउन शुरु गरे याे नेपाल भन्ने देश राजसंस्थाकै केही याेग्य, दुरदर्शी राजाहरुकाे कार्य कुशलताकै कारण कसैले गुलाम बनाउन सकेन तर केही राजपरिवारका कमजाेर राजाहरु, राणाहरु तथा प्रजातन्त्रवादी र गणतन्त्रवादी कालाे बर्खाे ओढेका नेताहरुकाे विचारमा आएकाे दलालीपनका कारण राजतन्त्रकाे वेला अरु देशलाई खाद्यान्न लगायत अन्य थुप्रै सामानहरु निर्यात गर्ने नेपाल काेदाे, मकैसम्म आयात गर्नु पर्ने अवस्थामा पुर्याउदा पनि परिवर्तन तिमी लाचार भएर भिगी बिल्ली बनेर चुपलागी बस्याै ।

याे देशकाे सत्तामा राजा, काेइराला, राणा लगायत अरु जाे सुकै सत्तामा आए पनि राष्ट्रघाती कामहरु बाहेक अरु परिवर्तन खासै भएकाे केही देखिन्न उल्टै नदिनालाहरु बेचिए, उद्याेगहरु बेचिए, जनताहरु बेचिए। देशमा प्रजातन्त्र आयाे अब देशले काँचुली फेर्छ भनेर आशावादी जनताले दलका नेताहरु अरुले अह्राएकाे काम गर्ने प्यादाहरु साबित भए,तिनीहरुकाे आपसी कलहले देशलाई पटकपटक घायल गरेर घाउमा नुनचुक दलेकाे परिवर्तन तिमीले टुलुटुलु हेरेर बसेकाे चार शताब्दी देख्दै भाेग्दै र पीडा सहदै आएकाछाैं ।

नेपालकाे सत्तामा माधवरसिंह थापाकाे पाला देखि प्रधानमन्त्री ताेकिने,छानिने या चुनिने सबै व्यवस्ता परिवर्तन तिमीले भाैग्दै आए पनि अहिलेसम्म सत्ता कब्जाकाे लडाँइ बाहेक अरु के परिवर्तन भएकाे छ । माधवर सिंह थापाकै पाला देखि वर्तमान अन्तरिम चुनावी सरकारकाे ताेकिएकाे प्रधानमन्त्री सुशिला कार्की सम्म पुग्दाका घटना क्रम, कार्य शैली र उनिहरुलाई छान्ने,ताेक्ने या चुनने कार्यश‌ैली कुनै न कुनै बाह्ये शक्ति केन्द्रकाे रिमाेटबाट चल्ने गरेकाे छर्पष्ट भैसक्दा पनि परिवर्तन तिमी शान्त भएर तमाशा हेर्दै छाै ।आजसम्म कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल सत्तामा टिक्न नसकेर पटकपटक सत्ताकाे विघटन र गठन भएकाे परिवर्तन तिमी तमाशे बनेर हेरेकाे हेरै छाै । क्रमश:.....

सम्बन्धित समाचार