आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा पानी पर्ने सम्भावना

5.5k Shares

काठमाण्डौ – आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको पहाडी भागको केही ठाउँमा र बाँकी तराईको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजराति कोशी, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी तथा तराईका भागमा पानी पर्न सक्ने सम्भावना छ ।

गएराति देशका कुनै पनि ठाउँमा ठूलो पानी परेन । आज र भोलि केही ठाउँमा पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार