राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा हुँदै

7.2k Shares

नेपालगन्ज । नेपालगन्ज स्वीमिब क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिब च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो ।

नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवराज न्यौपानेले देशभरीका २०० बढी खेलाडीको सहभागिता रहने जानकारी दिए ।

विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ अध्यक्ष न्यौपानेले बताए । कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न विभिन्न ५६ वटा इभेन्टमा हुने छन् ।
बाँके बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था मिलाएको क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।

नेपाल पौडी संघले केन्द्रीय वार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएकाले प्रतियोगिताको राष्ट्रिय रेकर्डको पनि मान्यता मिल्ने र उत्कृष्ट पुुरुष र महिलालाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए ।

३० असोज २०८२

National-Swimming-at-Nepalgunj (2).jpgNational-Swimming-at-Nepalgunj (1).jpg

क्लबको प्रेस नोट

नेपालगन्ज नेपालमै अत्याधिक गर्मी हुने सहर हो । गर्मी धेरै हुने भएकाले नेपालगन्जमा स्वीमिब खेल प्रतिको आकर्षण बढ्दै गएको छ । स्वीमिब खेलको विकास र प्रबद्र्धन गर्ने लक्ष्यका साथ नेपालगन्ज स्वीमिब क्लबले २०८२ कार्तिक १४ र १५ गते
दोस्रो नेपालगन्ज नेशनल स्वीमिब च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको छ ।

प्रतियोगितामा देशैभरका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका करिब २ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन भने
अन्डर १० उमेर समूहका खेलाडीहरुले अन्य खेलाडीहरुले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसै गरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दुरीका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गर्ने छन् । खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न ५६ वटा
इभेन्टमा हुने छन् ।

क्लबले प्रतियोगितामा सहभागिताका लागि आबेदन खुल्ला गरेको छ । इच्छुक खेलाडीले क्लबले उपलब्ध गराउने गुगल फर्म भरेर आवेदन दिन सक्ने छन् ।

प्रतियोगितामा सहभागी हुन आवेदन फर्म भर्दा खेलाडीहरुले १५०० (एक हजार पाँच सय) शुल्क तिर्नु पर्नेछ । बाँके जिल्ला बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था आयोजक क्लबले मिलाउने छ ।

प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष जगतमान श्रेष्ठ र प्रदेश खेलकुद परिषद् लुम्बिनीका पदाधिकारीहरु लगायतका अतिथिहरु सहभागी हुने छन्। प्रतियोगितालाई लुम्बिनी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद्, लगायत विभिन्न ब्यापारिक प्रतिष्ठान, बंैक, अस्पतालका अतिरिक्त खेलप्रेमी, उद्यमी ब्यबसायीहरुले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतियोगिता आयोजना गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

केशवराज न्यौपाने
अध्यक्ष
नेपालगन्ज स्वीमिब क्लब
९८५८०७७८८८

सम्बन्धित समाचार