अर्घाखाँचीमा २ वटा मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गयो, २ जना गम्भीर घाइते

5.1k Shares

काठमाण्डौ – अर्घाखाँचीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । गएराति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ टिविकामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा दुई जना चालकको ज्यान गएको छ भने पछाडि चढेका दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

अर्घाखाँची छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल र लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । ज्यान गुमाउनेमा अर्घाखाँची पाणेनी गाउँपालिमा–५ का २१ वर्षीया तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन् । दुवैको उपचारका क्रममा राति पौने ११ बजे ज्यान गएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका अर्घाखाँची पाणिनीकी १८ वर्षीया दीपा कोइराला र गुल्मीको छत्रकोटका ४४ वर्षीय सुरज सुनार घाइते छन् । उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी सिटी अस्पताल रेफर गरिएको छ । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल तीव्र गतिको कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार