एसएसपी श्रेष्ठ र ठाकुर बने डाक्टर डीआइजी

18k Shares

काठमाडौं, ८ पुस । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । 

प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डीआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो ।

डा श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले बताए । 

नेपाल प्रहरी अस्पतालमा कार्यरत दुबै अधिकारीको बढुवासँगै त्यहाँ विगतमा भइरहेको पावर क्ल्यास मत्थर हुने विश्वास गरिएको छ । अस्पतालमा गुटगत प्रतिस्पर्धा र भ्रष्टाचारका कारण साना प्रहरी अधिकारी उचित स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन् । 

सम्बन्धित समाचार