कावासोती, असोज २७ गते । तीन पटक म्याद सकिएर पुुन म्याद पाएपछि काम भैरहेको बुुटवल नारायणगढ सडक निर्माणले अहिले भने तीब्रता पाएको छ । गत साउनबाट एक वर्ष फेरी म्याद पाएको यो सडकले अहिले सम्म ७२ प्रतिशत काम सम्पन्न गरेको छ ।
विगतका वर्षमा निर्माणले गति लिन नस्कदा सधैँ आलोचित हुँदै आएको चाईना कन्सट्रक्सन प्रालिले अन्तिम पटकका लागि साउन ८ गते सम्मका लागि म्याद पाएको र सो म्यादभित्र सडकको निर्माण काम सकिने सडक डिभिजन कार्यालयका ईन्जिनियर एवं सूचना अधिकारी शिब खनालले बताउनुभयो ।
सो सडकको ठेकेदार पक्षले म्याद डेढ वर्ष थप्न माग गरे पनि सरकारले २०८३ साउन ८ गतेसम्म अन्तिम पटक म्याद थप पाएको बुटवल नारायणगढ सडक खण्डका प्रवक्ता ईन्जिनियर खनालले बताउनुभयो । सडक निर्माणमा भैरहेको ढिलाईले धेरै आलोचित बन्न थाले पछि सरकारले अन्तिम पटकका लागि म्याद थपेको सडक आयोजनाले जनाएको छ ।
सडक आयोजनाको तेश्रो पटकको म्याद थपिए पछि सरकारले एक वर्ष त्यो पनि अन्तिम पटकका लागि म्याद थप भएको प्रबक्ता खनालले बताउनुुभयो । ठेकेदार पक्षसँगको छलफलमा अहिलेसम्म भएका कार्यले समयमै सडक बन्न नसक्ने अबस्था आएकोले अहिले रातीमा पनि सडक निर्माणको कार्य गरिएको र सो का लागि जनशक्तिको व्यापक परिचालन गरि काम अघि बढाइएको ईन्जिनियर खनालले बताउनुभयो ।
असोज २५ सम्म ७२ प्रतिशत काम सकिएको छ भने दाउन्ने र अन्य केही भाग लगायतमा अहिले पनि काम तीब्र गतिमा भैरहेको र साउन सम्ममा आयोजनाको निर्माण सम्पन्न हुुने र अहिले ठेकेदार पक्षले आयोजनाको निर्माण कार्य २४ सै घण्टा गरिरहेको र म्याद थपिएको एक वर्षमै निर्माण सम्पन्न गर्न चाईनिज ठेकेदार पनि सहमत भएको जनाएको छ । यो आयोजनाको हाल सम्म ९४ किलोमिटर एकतर्फी कालोपत्रे र ८० किलामिटर दोहारो कालोपत्रे सम्पन्न भएको ईन्जीनियर खनालले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुुटवल सडक खण्डको निर्माण सुरु भएको सात वर्ष बित्न लाग्यो तर ४२ महिनामा सक्ने गरि ठेक्का लिएको ठेकेदार कम्पनीले अहिले ८६ महिना पुग्न लाग्दा पनि काममा तीब्रता दिन नसके पछि आलोचित हुुँदै आएको कावासोती नगरपालिकाका अमरसिहँ बिकले बताउनुभयो ।
२०७५ को असार महिनामा यो सडकको ११३ किलोमिटर निर्माण गर्ने गरि ४२ महिनामा सकिने गरि चाईना कन्स«टक्सन प्रालिले दुुई खण्डमा विभाजित गरि रु १६ अर्ब ९९ करोडमा ठेकका लिएको सडक २०७८ साउनमा सम्पन्न गर्ने सम्झोत भए पनि ८६ महिनामा काम भने ७२ प्रतिशत सम्पन्न भएको आयोजनाको बुुटवल नारायणगढ सडक का प्रबक्ता ईन्जिनियर खनालले बताउनुभयो ।
यो सडक खण्डमा चाईना कन्सटक्शनले काम गरेको ८६ महिना भैसक्यो काम भएको ७२ प्रतिशत मात्रै पुुगेको छ ,अहिले ३३० दिन को लागि पुुन म्याद थपिएको छ यो अबधि भनेको आगामी २०८३ साउन ८ गते हो र त्यो अबधिमा पनि काम सकिन्छ भन्ने ग्यारेण्टी रहेको र सो समयमा पनि काम नसकिए ठेकेदार पक्षलाई जरिवानासहित कारबाही गरिने ईन्जीनियर खनालको भनाइ छ ।
सडक निर्माणका क्रममा ४९ हजार ८३० रुख कटान भएको, बिजुुली खानेपानी को समस्या देखि लगभग सबैको समाधान गरिएको र अहिले सडक निर्माणले निक्कै गति लिन थालेको ठेकेदार पक्षले जनाएको छ । अहिलेसम्म नारायणगढ दाउन्ने सम्म को खण्डमा २१५ वटा क्रस डेनेज ( साना कल्भर्ट ) मध्ये २१५ नै सम्पन्न भएको र २२ वटा साना पुुल सबै सम्पन्न भएको आयोजनाको भनाइ छ ।
नारायणगढ बुटवल सडक खण्डको ११३ किलोमिटर सडक को हालको दुई लेनलाई बढाएर चार लेनको बनाउने ,बजार क्षेत्रमा छ लेन र जंगल क्षेत्रमा चार लेन सम्मको सडक बिस्तार तथा स्तरोन्नती गर्ने गरि दुई भागमा बिभाजन गरि निर्माण सुरु भएको यो बाटो एशियाली मापदण्डमा आधारित सडक का रुपमा रहने ईन्जीनियर खनालले बताउनुभयो।