कांग्रेसमा देउवा र कोइरालाको शक्ति कति

18.6k Shares

काठमाडौं । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा पदाधिकारीको संख्यामा बहुमतमा छन् । उनी केन्द्रीय सदस्यको टाउको गन्दा दुई तिहाई शक्तिका साथ पार्टीमा बलियो हुने सम्भावना बनेको छ । सभापतिमा निर्वाचित भइसकेका देउवाले पदाधिकारीमा बहुमत बनाएका छन् । केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा देउवा पक्ष निकै बलियो देखिएको छ । पदाधिकारीमा भन्दा पनि केन्द्रीय सदस्यमा देउवा पक्षका अधिकांश जितेका छन् । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ मध्ये देउवा पक्षधर ८ जना जितेका छन् 

देउवा समूहबाट सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए ।  डा. शेखर कोइराला समूहबाट १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री गरी ४ जना विजयी भए । प्रकाशमान सिंह समूहबाट १ महामन्त्री विजयी भए ।  नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला पक्षका १० र १ जना तटस्थ निर्वाचित भए 

देउवाले मधेशमा आफूलाई प्रभावशाली बनाएका छन् । मधेशी कोटाको महिलातर्फको ४ सिट केन्द्रीय सदस्यमा देउवा पक्षले क्लिन स्वीप गरेको छ । ५ सिटको मधेशी खुल्लातर्फको केन्द्रीय सदस्यमा चन्द्रमोहन यादवबाहेक ४ जना देउवा पक्षबाट जितेका छन् । कोइराला परिवारको प्रभाव क्षेत्र प्रदेश १ को केन्द्रीय सदस्यमा २ जना देउवा पक्षका जितेका छन् । राजीव कोइराला मात्र कोइराला पक्षका छन् । प्रदेश २ अन्तर्गतको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । चित्रलेखा यादव पनि निर्वाचित भइन् । तीनैजना देउवा समूहका हुन् 

पदाधिकारीमा को कता ?

देउवा पक्ष ८

सभापति, शेरबहादुर देउवा

उपसभापति, पूर्णबहादुर खड्का

सहमहामन्त्री, किशोरसिंह राठौर

सहमहामन्त्री, उमाकान्त चौधरी

सहमहामन्त्री, महेन्द्र यादव

सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर

सहमहामन्त्री, भीष्मराज आङदम्बे

सहमहामन्त्री, डीना उपाध्याय

 

कोइराला पक्ष ४

उपसभापति, धनराज गुरुङ

महामन्त्री, गगन थापा

सहमहामन्त्री, बद्री पाण्डे

सहमहामन्त्री, जीवन परियार

 

प्रकाशमान सिंह समूह १

महामन्त्री, विश्वप्रकाश शर्मा

 

केन्द्रीय सदस्यमा खुल्लातर्फ को कता ?

देउवा पक्ष

एनपी साउद

बालकृष्ण खाँण

उदय शमशेर राणा

रामहरि खतिवडा

ज्ञानेन्द्रबहादुर कार्की

रमेश लेखक

शंकर भण्डारी

जिपछिरिङ्ग लामा

जितजंग बस्नेत

गोपालमान श्रेष्ठ

मोहनबहादुर बस्नेत

सुनिलबहादुर थापा

नैनसिंह महर

गोविन्द भट्टराई

कुन्दनराज काफ्ले

सुरेन्द्रराज पाण्डे

पदमनारायण चौधरी

राजिव ढुंगाना

गुरु बराल

मदनबहादुर अमात्य

गणेश लामा

उमेशजंग रायमाझी

मोहन आचार्य

डा. गोपाल दहित

 

शेखर कोइराला पक्ष

अर्जुननरसिंह केसी

दिलेन्द्रप्रसाद बडु

डा. रामशरण महत

बलबहादुर केसी

दीपक गिरी

सञ्जयकुमार गौतम

गोविन्दराज पोखरेल

दिनेश कोइराला

अजयबाबु शिवाकोटी

कृष्णकिशोर घिमिरे

 

तटस्थ

डा. सशांक कोइराला

 

केन्द्रीय सदस्य प्रदेश र समावेशीतर्फ

देउवा पक्ष

आनन्दप्रसाद ढुंगाना

रमेश रिजाल

चित्रलेखा यादव

 

अपाङ्गतर्फ

देउवा पक्ष

मदनकृष्ण श्रेष्ठ

अल्पसंख्यकतर्फ

 

देउवा पक्ष

प्रदीपकुमार सुनुवार

मधेशी पुरुषतर्फ

 

देउवा पक्ष

अजय चौरसिया

बिनोद चौधरी

महेन्द्रकुमार राय

दिनेशकुमार यादव

 

कोइराला पक्ष

चन्द्रमोहन यादव

मधेशी महिलातर्फ

 

देउवा पक्ष

मुक्ताकुमारी यादव

मिनाक्षी झा

मन्जुकुमारी यादव

नागिना यादव

 

प्रदेश १

देउवा पक्ष

अमृत अर्याल

महेन्द्रकुमारी लिम्बू

 

कोइराला पक्ष

राजीव कोइराला

सम्बन्धित समाचार