डा. अचिरा चतुरवेदी, बरिष्ठ महिला
तथा प्रसूति रोग बिशेषज्ञ, सुमेरु अस्पताल
० स्त्री रोग के हो ?
स्त्री रोग भन्नाले विशेष गरी पाठेघरसम्बन्धी
समस्या निम्त्याउने रोगलाई स्त्री रोग भनिन्छ । पाठेघरको
अण्डा बनाउने ठाउँलाई ओभरिज भनिन्छ । पाठेघर अथवा पाठेघरको अण्डा बनाउने
ठाउँमा केही समस्या देखा परेको छ भने त्यसलाई पनि स्त्री रोग भन्ने गरिन्छ ।
त्यस्तै अर्को स्त्री रोगको समस्या भनेको पाठेघरमा गन्हाउने पानी बग्ने, योनीमा
चिलाउने, महिनावारी ठिक समयमा नहुने जस्तो महिनामा दुई—तिन पटक हुने वा ६—६
महिनामा एक चोटी हुने जस्ता समस्या छ भने त्यो पाठेघरसम्बन्धी समस्या वा स्त्री
रोगको समस्या भएको बुझ्नुपर्छ ।
० पछिल्लो समय कस्तो खाले समस्या लिएर महिलाहरु
उपचारका लागि आउने गर्छन् ?
पछिल्लो समय उपचारका लागि आउने महिलाहरुमा
पाठेघरसम्बन्धी समस्या धेरै नै देखिने गरेको छ । उपचारका लागि आउने महिलाहरु १०० जनामा ६० जनामा
पाठेघरसम्बन्धी समस्या देखिने गरेको छ । पाठेघरको
यस्तो समस्या देखिनुमा प्रदुषित पानीको कारण सरसफाई राम्रोसँग नहुनुका कारण पनि
पाठेघरमा समस्या देखा पर्ने गरेको छ । अर्को भनेको असुरक्षित यौन सम्पर्कका
कारण पनि पाठेघरमा समस्या देखा पर्न सक्छ ।
० पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?
पाठेघरको समस्या भएको महिलाहरुमा नियमित
महिना—महिनामा हुने महिनावारी समयमा नहुने, महिनामा दुई—तिन
पटक हुने वा ६—७ महिनासम्म पनि नहुने भएमा पाठेघरका समस्याका कारण यस्तो हुन्छ ।
अर्को भनेको पाठेघरबाट गन्हाउने पानी बगिरहेको छ अथवा विवाह भएको दुई वर्ष भइसकेको
अवस्थामा कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगर्दा पनि गर्भमा बच्चा बसेको छैन
भने पनि पाठेघरको समस्या हो कि भन्ने शंका गर्नुपर्ने हुन्छ ।
पाठेघरमा ट्यूमर हुन सक्छ, यस्तो अवस्थामा तुरुन्त डाक्टरकोमा
चेकजाँचको लागि जानुपर्ने हुन्छ ।
० पाठेघर समस्याको समाधानका लागि कस्ता
सावधानीहरु अप्नाउनुपर्छ ?
पठेघरमा देखिएको समस्या समाधानका लागि पहिलो
कुरा भनेको त सामान्य समस्या देख्ने वित्तिकै डाक्टरकोमा गई चेकजाँच गराउनुपर्छ ।
अर्को भनेको प्रशस्तरुपमा कम्तिमा पनि दुई लिटर पानी दैनिकरुपमा पिउनुपर्छ,
हरियो
साग, गेडागुडीको साग, दाल, अण्डालगायत
प्रोटिनयुक्त खानेकुराहरु खाँदा इम्युनिटी पावर बढ्छ अनि यस्ता रोगहरुले सताउदैन ।
अझ विशेष कुरा भनेको महिलाले महिनावारीको समय प्याड नै प्रयोग गर्नुपर्छ ।
हाम्रो समाजमा महिनावारीको समय कपडाहरु प्रयोग गर्ने गर्छन्, यस्तो
कार्य गर्नुहुँदैन । कपडा प्रयोग गर्दा कपडामा रगत जम्छ त्यसबाट
ब्याक्टेरिया उत्पादन भई त्यही ब्याक्टेरिया पाठेघर हुँदै शरीरमा सरेपछि इन्फेक्सन
हुनेहुन्छ । त्यसकारण पनि कपडा प्रयोग गर्नै हुँदैन ।
० जनचेतनाको कमीका कारण पनि पाठेघर सम्बन्धी
समस्या बढेको हो कि ?
पठेघर कसरी बचाउने भन्ने बारेमा जनचेतनाको
अभावका कारण पनिसमस्या आउने गरेको छ । विशेष गरी हाम्रो ग्रामीण भेगका
महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ । ग्रामीण भेगका
महिलाहरुले जनचेतनाको कमीका कारण प्याड प्रयोग नगरी कपडा प्रयोग गर्छन् यस कारण
पनि पाठेघरमा समस्याहरु बढी देखिने गरेको पाइन्छ । अर्को भनेको
ग्रामीण भेगमा प्याड सहजरुपमा नपाउने पाए पनि प्रयोग नगर्ने आदि समस्याका कारणले
सहरी क्षेत्र भन्दा ग्रामीण भेगका महिलाहरुमा इन्फेक्सन भई पाठेघरको समस्या बढी
देखिने गरेको हो ।
० पाठेघरमा के कारणले क्यान्सर हुने गर्छ ?
मैले पहिला नै पाठेघरमा समस्या आउनुको कारण भनिसकेँ, त्यस्ता कारणले पाठेघरको मुखमा इन्फेक्सन हुन्छ, त्यो इन्फेक्सन एक÷दुई चोटीसम्म भएको अवस्थामा औषधी उपचार गरेको खण्डमा ठिक हुन्छ । तर, इन्फेक्सनका कारण समस्या भइरहेको छ औषधी उपचार गरेको छैन भने पाठेघरको मुखमा भाइरस अड्किन्छ र भाइरसले क्यान्सर गराउने काम गर्छ । त्यसैले पाठेघरमा कारण समस्या देखिने वित्तिकै खेलाँची नगरी तुरुन्त डाक्टरकोमा गई चेकजाँच गर्नुपर्छ ।

० पाठेघरको समस्या उमेर अनुसार पनि हुन्छ कि
हुँदैन ?
पाठेघरको समस्या जुनसुकै उमेरका महिलाहरुमा
देखिन्छ । अर्को कुरा भनेको पुख्र्यौली हिसावले पनि
हुने गरेको पाइन्छ । विशेष गरी सामान्य समस्यालाई वेवास्ता गरी
इन्फेक्सन बढ्दै गएर पाठेघरको क्यान्सर हुने गरेको पाइएको छ ।
० पाठेघरको क्यान्सर हुनबाट बचाउने उपायहरु के
होलान् ?
पाठेघरको क्यान्सर हुनबाट बच्ने मुख्य उपाय
भनेको महिनावारीको समयमा प्याड प्रयोग गर्ने, क्लोथ युज गर्ने,
यौन
सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने, पानी कम्तीमा पनि दुई लिटर दैनिक पिउने,
प्रोटिनयुक्त
पोष्टिक आहारहरु खाने जस्ता कार्य गर्दा पाठेघरमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।
त्यस्तै, यौन सम्पर्कमा लागिरहेकी महिला छ भने महिनावारी समयमै भएको अवस्थामा
पनि वर्षको एक पटक पाठेघरको मुखको पानीको चेकजाँच गरिरहनुपर्छ ।
महिनावारी सुकेको छ भने तिन वर्षमा एक चोटी गर्नुपर्छ ।
० पाठेघर खस्ने समस्या भनेको के हो ?
पठेघर खस्ने समस्या भनेको विशेष गरी ग्रामीण
भेगका महिलाहरुमा देखिने गर्छ । ग्रामीण भेगमा पहाड चढ्नुपर्ने,
उकालो
आरोलोमा भारी बोक्नुपर्ने हुन्छ भने बच्चाहरु ८—१० वटा जन्माउँछन् त्यो पनि
हस्पिटलमा नभई घरमै जन्माउने गर्छन् । त्यस्तो अवस्थामा बच्चा जन्माइसकेपछि
टाँका लगाउने भन्ने कुरै आउँदैन । त्यसैले पनि ग्रामीण भेगका
महिलाहरुमा पाठेघर खस्ने समस्या हुने गरेको हो ।
० पाठेघर खस्ने समस्याको उपचार विधि के होला ?
यसको उपचार विधि भनेको इनिसेल स्टेजमा छ भने
एउटा चक्का हुन्छ रिङपेस्टी त्यसलाई राखेर उपचार गरिन्छ । रिङपेस्टी
राखेरै पाठेघर खस्ने समस्या समाधान हुन्छ । तर पाठेघर
पुरा बाहिर निस्केको छ भने त्यसलाई अप्रेशन नै गरेर पाठेघर नै झिक्नुपर्ने हुन्छ ।
अन्य उपचार विधि नै हुँदैन ।
० पाठेघरमा ट्युमरको समस्या कसरी आउँछ ?
पठेघरमा एउटा पाठेघर हुन्छ अर्को अण्डा बनाउने
ठाउँ हुन्छ । पाठेघरमा पनि ट्युमर पलाउन सक्छ, अण्डा
बनाउने ठाउँमा पनि ट्यूमर पलाउन सक्छ । यो पनि पुख्र्यौली हिसावले पनि
हुनसक्छ । यस्तो अवस्थामा वर्षको एकचोटी पाठेघरका
भिडियो एक्सरे गरेर ट्यूमर छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । ५
सेन्टिमिटर भन्दा तल छ भने केही गर्नुपर्दैन त्यतिकै छाड्न मिल्छ, तर
५ सेन्टिमिटरभन्दा माथि छ भने अप्रेन गरेर झिक्नुपर्छ । यो क्यान्सर
पनि हुन सक्छ नहुन पनि सक्छ, क्यान्सर देखियो भने त्यही अनुसारको
उपचार विधि अप्नाउनुपर्छ । क्यान्सर होइन भने साधारण अप्रेशन
गरेर झिक्नुपर्छ ।
० सुमेरु अस्पतालमा गाइनोसम्बन्धी कस्ता—कस्ता
उपचारहरु हुने गरेको छ ?
गाइनोसम्बन्धी सम्पूर्ण उपचारहरु सुमेरु
अस्पतालमा उपलब्ध छ । क्यान्सर बाहेकका पाठेघरमा देखिएका
समस्याको सबै उपचारहरु सुमेरु अस्पताल गरिनुका साथै बच्चाहरु डेलिभरीसमेत गर्ने
गरेका छौं ।
० पाठेघरमासमस्या नआओस् भनेर जनचेतनामूलक
कार्यक्रमहरु पनि गर्ने गरिएको छ ?
मैले पाठेघरमा समस्या नआओस् भन्ने हेतुले केही
दिन अगाडिदेखि मैले जनचेतनामूलक कार्यक्रम गरेको छु । विशेष गरी
स्कुलमा अध्ययनरत १६—१७ वर्षका छात्राहरुलाई मध्येनजर गरेर धापाखेलको श्रीकृष्ण
माध्यमिक विद्यालय र कल्याण स्कुलमा यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको
छु । महिनावारीको समयमा सरसफाई कसरी गर्ने, के गर्दा हुन्छ,
के
गर्दा हुँदैन भन्ने विषयमा कक्षा लिएको थिए । त्यस्तै
भविष्यमा अन्य ग्रामीण भेगका स्कुलहरुमा गएर यस्ता क्लासहरु लिने योजना रहेको छ ।
० अन्तिममा पाठेघरसम्बन्धी भन्नुपर्ने कुराहरु
केही छन् कि ?
पाठेघरको समस्या नआउनको लागि मेरो पहिला सल्लाह
भनेको हाम्रो नानीको पहिलोचोटी महिनावारी हुन्छ त्यसबेला नै डाक्टरकोमा लैजानुपर्छ ।
डाक्टरले त्यसपछि काउन्सलिङ्ग गर्छ, काउन्सलिङ्गमा डाक्टरले प्याड प्रयोग
गर्नुपर्छ, कपडा प्रयोग गर्नुहुँदैन, क्लोथ
प्रयोग गर्न मिल्दैन, प्याड प्रयोग गरिसकेपछि जथाभावी फाल्नु हुँदैन
डस्विनमै फाल्नुपर्छ । यस्तो गतिविधि यही उमेरदेखि नै
गर्नुपर्ने हुन्छ । त्यसपछि १८—१९ वर्षको उमेरमा पनि नानीलाई
विवाह गर्नु हुँदैन भनेर काउन्सलिङ्ग गर्नुपर्छ । यस्तो उमेरमा
विवाह गर्दा पाठेघरमा समस्या आउनसक्छ । त्यसपछि २४—२५ वर्षको उमेरमा भने
छुट्टै काउन्सलिङ्ग गर्नुपर्ने हुन्छ । विवाह भइसकेपछि प्रिगेन्सी हुन्छ
त्यसको काउन्सलिङ्ग गर्नुपर्ने हुन्छ । प्रिगेन्सी हुनुभन्दा अगाडि कुन
भिटामिन खाने हो, के खाना खाने हो, टेस्टहरु के
गर्ने हो सोही अनुसार काउन्सलिङ्ग हुन्छ । ४०—४५
वर्षसम्मका महिलाहरुमा भने एक्सरसाइज, मर्निङ्गवाक कम्तिमा पनि आधा घण्टा,
योगा
मेरिटेसन गर्नुपर्ने हुन्छ । यो उमेरमा हार्मेन सुक्ने भएका कारण
योगा मेडिटेसनका कारण रिसाउने, डिप्रेसन हुने हुँदैन ।
यो उमेरमा प्रोटिन युक्त खानेकुराहरु खानुपर्ने हुन्छ । त्यसका साथै
त्यो उमेरका महिलाले केही न केही काम गरी बेफुसर्दी बनाउँदै लाने गर्नुपर्छ ।
४५—५० वर्षको उमेरमा पनि छुट्टै काउन्सलिङ्ग हुन्छ । यो उमेरमा
प्रायः महिलाको महिनावारी सुक्ने हुन्छ । त्यो उमेरमा
आफ्नो दैनिकी सहज चलाउनेदेखि लिएर शारीरिक व्यायाम एकदमै महत्वपूर्ण हुन्छ ।
योगा मेरिटेसन, प्रयाप्तरुपमा फलफुल खाने गर्नुपर्छ ।
यो उमेरमा हार्मोन सुक्ने भएका कारण शरीरमा समस्या उत्पन्न हुने गर्छ ।
त्यसैले आफ्नो दैनिकी नै परिवर्तन गर्नुपर्ने हुन्छ ।