प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने ३ जना वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

4k Shares

बिश्व। यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

संसारको सबैभन्दा प्रतिष्ठित स्वीडेनको कारोलिन्स्का संस्थाको नोेबेल सभाले शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने वैज्ञानिकहरू मेरी ब्रुन्को, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । ब्रुनको र राम्सडेल अमेरिकाका तथा साकागुची जापानका हुन् ।

वैज्ञानिकहरूको खोज प्रतिरक्षा प्रणालीलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भन्ने कुरासँग सम्बन्धित छ । यो खोजले क्यान्सर र अटोइम्युन रोगहरूको उपचार सुधार गर्न मद्दत गर्न सक्ने अनुसन्धानका नयाँ बाटो खोलेको छ ।

गएको वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई माइक्रोआरएनए (राइबोन्युक्लिक एसिड) को खोजको लागि प्रदान गरिएको थियो ।

अब भोलि भौतिकशास्त्र, पर्सि रसायनशास्त्र, बिहीवार साहित्य, शुक्रवार शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुनेछ ।

नोबेल पुरस्कारहरू डाइनामाइटका आविष्कारक तथा व्यापारी अल्फ्रेड नोबेलको इच्छापत्रबाट स्थापित भएका थिए । सन् १९०१ देखि नोबेल पुरस्कारहरू प्रदान हुँदै आएकामा मुख्यता विश्वयुद्धको समयमा अवरोधहरू आएका थिए ।

सम्बन्धित समाचार