6.3k
Shares
सर्लाही – सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको ज्यान गएको छ । हरिपुवा नगरपालिका वडा नम्बर १ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, आठ वर्षीय डिल्लु मन्सुर र नौ वर्षीया नर्गिस खातुनको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिनुभयो ।
ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । अस्पताल पु¥याउने बित्तिकै डाक्टरले उनीहरुलाई मृत घोषणा गरेका उहाँले बताउनुभयो ।