काठमाडौँ, असोज ७ गते । वरिष्ठ गीतकार नारद पोखरेलको शब्द सिर्जनामा तयार ‘आमाको सपना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय भावले ओतप्रोत गीतमा गायकद्वय डेविड शंकर, सबिन सुवेदी र गायिकाद्वय बेनिशा पौडेल, सरु गौतमको स्वर रहेको छ । जसमा संगीतकार दीपक शर्माको संगीत रहेको छ ।
गीतले देशको पछिल्लो अवस्थालाई समेत नजिकबाट चित्रण गरेको गीतकार पोखरेल बताउँनुहुन्छ। पुरुषोत्तम सुवेदीको एरेन्ज, नरेन्द्र वियोगीको मिक्सिङ तथा मास्टरिङ रहेको आमाको सपनाको गीतको भिडियोमा वरिष्ठ कलाकार रश्मि भट्टसहित गायकद्वय डेविड शंकर, सबिन सुवेदी, गायिकाद्वय बेनिशा पौडेल र सरु गौतम, गीतकार पोखरेल, संगीतकार शर्मा तथा सुजिता पोखरेलको अभिनय रहेको छ ।
जन्मभूमिप्रति सर्मपित राष्ट्रिय भाव बोकेको गीतको भिडियोले अब फुटेर नभई जुटेर मात्रै देशको विकाश सम्वभ हुने भावनालाई समेटेको गीतकार पोखरेल बताउनुहुन्छ।