नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या

6.5k Shares

काभ्रेपलाञ्चोक– गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा सहकारी ठगीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले पत्नीको हत्या गरेका हुन् ।

काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडाध्यक्ष जयराम केसीले बताएका छन् ।

सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खुमा जेल सजाय काटिरहेका थिए । उनी जेन-जी आन्दोलनका क्रममा अन्य ७ सय कैदीसहित नख्खु कारागारबाट भागेका थिए ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले घटनास्थल प्रहरी पुगेकाले केहीबेरमा थप जानकारी आउने बताएका छन्।

सम्बन्धित समाचार