काठमाडौँ । बससेवाले यस वर्षको दशैंका लागि बस टिकट बुकिङ खुला गरेको छ। अब यात्रुहरूले बससेवाको मोबाइल एप वा bussewa.com वेबसाइटमा गएर नेपालका ७० भन्दा बढी जिल्लाका लागि सहजै बस र हवाईजहाजको टिकट काट्न सक्नेछन्।
बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार कम्पनीले भदौ १५ गतेदेखि नै आंशिक रूपमा टिकट बुकिङ खुला गरिसकेको थियो।
बससेवाको मोबाइल एप र वेबसाइटबाट हवाई टिकट काट्ने यात्रुले प्रत्येक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन्। यो अफर मंसिर महिनासम्म रहनेछ। यात्रुहरूले नेपालभरका सबै हवाई उडान हुने गन्तव्यका लागि टिकट लिन सक्नेछन्।
बससेवा कम्पनीले अग्रिम टिकट बुकिङ गर्ने यात्रुहरूमध्ये ५ जनालाई उपहारस्वरूप खसी दिने घोषणा गरेको छ। यो उपहार बससेवाको मोबाइल एप वा वेबसाइटबाट बस र हवाईजहाजको टिकट काट्ने यात्रुहरूका लागि मात्र लागू हुनेछ।
यसका साथै, बससेवाले टिकट काट्ने यात्रुहरूमध्ये १०० जनालाई निःशुल्क बस टिकट र ५० जनालाई २ हजार रुपैयाँ बराबरको लुगा खरिद गर्न दिने व्यवस्था पनि गरेको छ।
बस टिकट कसरी काट्ने?
सबैभन्दा पहिले, बससेवा मोबाइल एप डाउनलोड गर्नुहोस्।
एप खोलेपछि, आफू जान चाहेको स्थान र मिति चयन गर्नुहोस्।
'सर्च' बटनमा थिचेपछि उपलब्ध बस, समय र मूल्यको सूची देखिनेछ।
आफूलाई उपयुक्त हुने बस र सिट छानेर आवश्यक विवरणहरू भर्नुहोस्।
अन्तिममा, भुक्तानी विकल्प (बैंक वा डिजिटल वालेट) प्रयोग गरी रकम तिर्नुहोस्।
यसपछि, तपाईंको टिकट बुकिङ सफल हुनेछ।