इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो

9.5k Shares

काठमाडौं– इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमा बसेको छ । महानगरको प्राङ्गणमा मेयर हेमकर्ण पौडेलसहित कार्यपालिका सदस्यहरू भुईँमा बैठक बसेका हुन् । 

भदै २३ र २४ गते भएको जेन-जीहरुको आन्दोलनका क्रममा महारगको कार्यालयमा आगलागी भएको थियो । आगलागी भएपछि बैठक बस्ने ठाउँ नभएकाले कार्यपालिका बैठक भुईँमा बसेको हो । 

जेन-जीको आन्दोलनको नाममा मेयर पौडेलको घर सहित इटहरीको प्रहरी कार्यालयमा समेत आगजनी भएको थियो ।

सम्बन्धित समाचार